Posted by: Nepe March 2, 2009
अभियान।
Login in to Rate this Post:     0       ?        

केरे जी,


गोविन्द बहादुर मल्ल गोठाले लिखित पल्लो घरको झ्याल (वि. सं. २०१६) नेपाली वाङ्‍मयको एउटा अमूल्य निधी र नपढी नहुने शास्त्रिय कृति हो ।


अलि कच्चा उमेरमै पढिया थ्यो यो । बाफ रे, दिमागै रन्थनाउने कथा छ यसमा । एक गृहिणी (मिसरी) आफुलाई रातोदिन stalking गर्ने, आफुलाई पटक्कै मन नपर्ने गुण्डा (हिरामान) संग कुनै अज्ञात शक्तिले तानिएर झै कसरी पोईल गई, यही हो कथा । मिसरीको मनोविज्ञानलाई भनेको हुँ मैले reverse obsession भनेर, तर कति accurate भयो त्यो चाही भन्न सक्तिन । साईकोलोजीको विद्यार्थी परिएन ।


यो उपन्यासको अंग्रेजी अनुवादको कुरा/चर्चा थियो, के भयो हेक्का छैन मलाई । दक्षिण एशियाली साहित्य पढाईने विश्वविद्यालयको कुनै पुस्तकालयमा छ कि । नत्र ता काठमाडौंबाटै मगाउनुपर्छ होला ।


६ वर्ष अघि दीपब्रोको एउटा आरम्भकालिन कथाको थ्रेडमा यसको छुस्रुक्क चर्चा भएको थियो ।


http://www.sajha.com/archives/openthread.cfm?threadid=5559&dsn=sajhaarchive


यो थ्रेडमा मेरो एउटा गजल पनि परेको छ, मिसरीको पछि लागेको गुण्डोले लेख्या जस्तै भा छ । राम्रो टिप्पणी पनि एन । मेरा एकजना प्रशंसक र मेधावी पोस्टर, Paschim, ले मन पराएनन् ।


आज मैले साथी एउटा काम गरेर फर्कें


तिम्रो बन्द झ्याललाई सलाम गरेर फर्कें


 


तर मैले धेरे ठाउँमा वाहवाही पाएको शेर चाही यो हो:


 


तिम्रो घरको एउटै चक्कर मारी फर्कदा


यस्तो लाग्दैछ, म चारधाम गरेर फर्कें


 


यो चाही लहरेलाई समर्पित, लज्जात !


 


तिम्रो दैलोमै पासो लागेको भए के गर्थ्यौ ?


झण्डै झण्डै मैले त्यो बिराम गरेर फर्कें


 


खै कता छ हँ त्यो पासोको कार्टुन । हिही !


शायरीको क्रममा एउटा क्रेजीको लागि पनि । यो चाही एउटा उर्दु शेरको अनुवाद हो है, मेरो मौलिक होईन ।


मेरो चिठीलाई हजार टुक्रा पारेर उनले भनिन्


ल लिउ तिम्रो चिठीको मेरो हजार वटा जवाफ


;-)


 


Nepe


 


 


Govinda Malla 'Gothale'


 

Read Full Discussion Thread for this article