Posted by: chipledhunga February 27, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

अड्डा त ७:४५ तिरै आइपुगेको हो बिष्टे। टुङ्गो त लाग्या छैन अझै, एक महिना चाँही टिकिएला जस्तो छ।

एउटा ठुलै जमातको आज अन्तिम दिन हो। हिंजो अड्डा सक्काएर ह्याप्पी आवर थियो, तर दु:खद क्षणहरु धेरै भए। यहीं २५-३० बर्षसम्म काम गरेकाहरुले पनि जागीर गुमाउँदैछन्। खास गरी ऊनिहरुको अभिब्यक्ती एक्दमै भावुक थियो। मैले पनि यो कम्पनीमा काम गर्न थालेको ८ बर्ष भयो, पुरानो गाउँबाट सरुवा भएर यता आएको हो। ठुलै संख्यामा कर्मचारीहरु अहिले बाकसमा आफ्नो सामान कोच्दै छन्, बिदाइ ईमेलहरु पनि प्रशस्तै आदानप्रदान भैरहेको छ।          
Read Full Discussion Thread for this article