Posted by: Geology Tiger February 27, 2009
FM Dr. Bhattrai's Decision-Good or bad?
Login in to Rate this Post:     0       ?        

मन्त्री ज्युलाई मेरो सानो आग्रह,


यो सरकारी तलब खाने कर्मचारीको छोराछोरीलाई बोर्डिङमा पढाउन नदिने भन्ने नियम ल्याउनु भन्दा सरकारी स्कुलहरुको स्तर के गरी सुधार्न सकिन्छ त्यस्मा ध्यान दियो भने कसो होला? मन्त्रीज्यु लगायत क्रान्तिकारी पार्टी माओवादीको अधिकांश नेताज्युको छोराछोरीहरुको पढाई कहाँ कहाँ भएको हो प्राय: नेपालीहरुलाई थाहा भएकै कुरा हो। कसैले पनि आफ्नो छोराछोरीलाई कम गुणस्तरको शिक्षा दिएर भबिस्य बिगार्न चाहन्न। अतएब: यो जबर्जस्ती कानुन लगाउनु भन्दा सरकारी स्कुलको स्तर सुधारको लागि पहल गर्न आग्रह गर्दछु। हुनत: मन्त्रीज्युको नयाँ नियम लागु भयो भने माओवादी पार्टीको धेरै कार्यकर्तालाई फाईदा पुग्नसक्छ। कसकसको कती सन्तान छन् र कहाँ कहाँ पढएका छन् भनेर बुज्दै हिंड्ने काम पाउने छन्, नभए त्यो YCL नाम गरेको उभद्र्या जमातलाई नै त्यो कामको जिम्मा दिए पनि भईहाल्यो। त्यसपछी त देशको बिकास भईहाल्छ, अनी त नयाँ नेपाल भईहाल्यो नि ! जे होस् मन्त्री ज्युको अक्कल चाँही गजबै हो के, मान्छेहरुले यसै भनेका होइनन् के बाबुराम भट्टराई जस्तो हुनु पर्छ भनेर।   

Read Full Discussion Thread for this article