Posted by: CHYAME KANCHA February 26, 2009
Good News from Nepal
Login in to Rate this Post:     0       ?        
मान्छेभन्दा अग्लो मुला
सल्यान झिम्पे- ९ खार्पुडाँडाका
धनबहादुर ओलीको बारीमा मान्छेभन्दा अग्लो मुला फलेको छ। मुला फलाउने धनबहादुरभन्दा
अग्लो यो मुला ३७ किलोको छ। सल्यानमा आजसम्म फलेको यो नै सबभन्दा ठूलो मुला हो।
मुलाका लागि प्रख्यात सल्यानमा यसअघि १४ किलोसम्मको मुला भेटिएको थियो।
´यत्रो
मुला देखेर म चकित भएको छु मैले आजसम्म यत्रो मुला देखेको थिइन´ धनबहादुरले भनेका
छन्। नयाँ पत्रिकामा प्रकाशित समाचारअनुसार मुला भेटिएदेखि नै हेर्ने मान्छेको
घुइँचो लागेको छ। स्थानीय एग्रोभेटबाट बिउ लिएका धनबहादुरलाई ठूलो मुला कुन जातिको
हो भन्ने थाहा छैन।
Read Full Discussion Thread for this article