Posted by: Amazing February 26, 2009
Good News from Nepal
Login in to Rate this Post:     0       ?        


from Dainikee
गाडीमा राखेर चिनी चामल बिक्री

























 

काठमाडौं, फागुन १५ (दैनिकी)-
बिहीबार सांझ बानेश्वर चोकमा चिनी किन्नेको भिड लाग्यो। टाटा मोवाइल
गाडीवाट साल्ट ट्रेडिङले बजार मूल्य भन्दा प्रतिकिलो झण्डै ७ रुपैंया
सस्तोमा खुला वाटोमा चिनी विक्री गरेको थियो।





सरकारले विभिन्न संस्थान
मार्फत बजार मूल्य भन्दा सस्तोमा अत्यावश्यक उपभोग्य समाग्री बिक्री गर्ने
सार्वजनिक गरेको तीन दिन पछि सडक छेउमा चिनी विक्री गरिएको हो।




´पसलमा ५२ रुपैयाँ पर्ने चिनीलाई ४६ रुपैयाँमा दिदै रहेछन् त्यसलै ५ किलो किनेको´ बानेश्वर थापागाउँकी रितु चापागाईले भनिन्।



´बिहीबार तीन ठाउँबाट टाटा मोबाइल गाडीमा राखेर चिनी बेच्यौं´ साल्ट ट्रेडिङ्की बागमति अंचल प्रमुख भगवती राणाले भनिन्।



उता नेपाल खाद्य संस्थानले
पनि यस्तैगरि काठमाडौंका बिभिन्न स्थानमा टाटामोबाइलबाट चामल बेच्यो।
´तीनवटा गाडीलाई काठमाडौंका बिभिन्न चोकमा राखेर सोना मन्सुली चामल
बेच्यौं´ संस्थानमा महाप्रवन्धक बेनीबहादुर रावलले भने।




खाद्य संस्थानले एउटा
गाडीबाट बानेश्वर गौशाला चाबहिल बौद्ध जोरपाटीसम्म पुगेर चामल बेचेको
थियो। अर्को गाडीबाट कमलपोखरी ज्ञानेश्वर नक्साल बिशालनगरसम्म चामल
बेचिएको थियो। तेस्रो गाडीले सोह्रखुट्टे पकनाजोल नयाँबजार क्षेत्रमा
पुगेर चामल बेचेको रावलले जानकारी दिए।




साल्ट ट्रेडिङले भने
सुन्धारा स्थित गोश्वारा हुलाक सातदोबाटो र बानेश्वर चोकबाट खुद्रा
मुल्यमा चिनी बेचेको हो। यस्तो अभियानलाई केही दिनसम्म जारी राख्ने
तयारीमा साल्ट ट्रेडिङ रहेको छ ।




बजारमा दैनिक उपभोग्य
वस्तुको भाउ बढेपछि सरकारले त्यसलाई नियन्त्रण गर्न संस्थान मार्फत बजार
हस्तक्षेप गर्ने घोषणा मंगलबार गरेको थियो। यो माओवादी नेतृत्वको सरकार आए
पछिको पहिलो बजार हस्तक्षेप हो ।




सरकारको निर्देशन अनुसार
साल्ट ट्रेडिङले किलोको ४६ रुपैयाँ २५ पैसामा चिनी बिक्री गरिरहेको छ।
चिनीसँगै मैदा पिठो सुजी र नुन समेत टाटा मोबाइलमा राखेर बेचिएको थियो।




त्यस्तै खाद्य संस्थानले
सोना मन्सुली चामललाई २८ र जापानी चामल ४० रुपैयाँमा बिक्री गरेको थियो।
साल्ट ट्रेडिङले काठमाडौं उपत्यकामा रहेका १५ आधिकारिक बिक्रेतालाई जनही
१०÷१० क्विन्टल चिनी बेचेको थियो।




बजारमा चिनीको मुल्य बृद्धि
नरोकिएसम्म साल्ट ट्रेडिङले टाटा मोबाइल गाडीमा राखेर बिभिन्न स्थानमा
चिनी बिक्री गरिरहने राणाले बताइन्। डिलस्रबाट पनि बजार मुल्य भन्दा
थोरैमा चिनी बिक्रीलाई निरन्तरता दिइने साल्ट ट्रेडिङले जनाएको छ।




´बिहीबार गाडीमा राखेर चामल
बेच्दा ट्राफिक प्रहरीले अवरोध गरे´ रावलको गुनासो छ। चोकमा गाडी राखेर
चामल बेच्दा सवारी साधनको जाम बढेको भन्दै ट्राफिकले अवरोध गरेको थियो।




शुक्रबारदेखि संस्थानले
सवारी साधन धेरै नचल्ने बिहान ११ देखि दिउँसो २ बजेसम्म गाडीबाट चामल
बेच्ने योजना बनाएको छ। ´चामल बिक्री राम्रै भयो भने बिक्रीलाई निरन्तरता
दिन्छौं बिकेन भने रोक्नुपर्ला´ रावलले दैनिकीसँग भने।




संस्थानले ३० र ५० किलो
बोरामा चामल बिक्री गरेको थियो। तर जोखेर थोरै किन्न चाहनेलाई समेत दिन
निर्देशन दिइएको संस्थानले जनाएको छ।




 



Read Full Discussion Thread for this article