Posted by: Jawala February 26, 2009
Dr. Bhattarai's Latest Articles
Login in to Rate this Post:     0       ?        

कर छल्ने धृष्टताका विपक्षमा
समानान्तर: डा. बाबुराम भट्टराई


अर्थमन्त्रीको हैसियतबाट म के दाबी गर्न सक्छु भने हाम्रो समाजमा हजाराँ वर्षदेखिको जुन फोहोर थियो, त्यसलाई बढार्ने प्रयत्न यतिवेला सानै रूपमा भए पनि हामीले गरिराखेका छौँ । ६ महिनामा थोरै भए पनि केही प्रगति हासिल भएको छ । सबैलाई थाहा छँदै छ, नेपालको इतिहासमा नै कसैले नगरेको स्तरको राजस्व संकलन हामीले गर्न सकेका छौँ । अरू केही नगरीकन, हामी मन्त्रीहरू मात्रै भ्रष्टाचाररहित हुन सक्यौँ र भन्सारलगायत राजस्व कार्यालयमा हुँदै आएको चुहावटलाई मात्रै रोक्न सक्यौँ भने पनि ठूलो परिवर्तन आउँदोरहेछ । विगतमा कसरी अर्बौं रुपैयाँको चुहावट हुने गर्दोरहेछ, सदाचारी पद्धति अपनाए मात्रै के गर्न सकिँदोरहेछ भन्ने कुरा त गत ६ महिनामा संकलित लक्ष्यभन्दा बढी राजस्वले नै प्रस्ट पारेको छ । हामीले विस्तारै-विस्तारै यहाँका फोहोर-मैलालाई बढारेर नयाँ नेपाल बनाउने प्रयत्न गरिराखेका छौँ ।


- http://www.nayapatrika.com/newsdetail.php?id=902260124176183 &n_id=32


 

Read Full Discussion Thread for this article