Posted by: Jawala February 25, 2009
Good News from Nepal
Login in to Rate this Post:     0       ?        





राजस्व वृद्धिमा उच्च 'रेकर्ड'

कृष्णहरि बाँस्कोटा

चालू आर्थिक वर्षमा रु. एक खर्ब ४१ अर्ब ७२ करोड राजस्व असुलीको लक्ष्य रहेको छ । यस अन्तर्गत आर्थिक वर्षको सातौं महिना अर्थात् २०६५ माघ मसान्तसम्मको असुलीको लक्ष्य रु. ६९ अर्ब २५ करोड राखिएकोमा रु. ७२ अर्ब २६ करोड असुली भएको छ । यसरी लक्ष्यको तुलनामा रु. तीन अर्बभन्दा बढी असुली भएको छ भने गत आर्थिक वर्षको यही अवधिमा असुली भएको रु. ५४ अर्ब ५२ करोडभन्दा करिब रु. १८ अर्ब बढी असुली भई राजस्व असुलीको वृद्धिदर ३२.५ प्रतिशत कायम भएको छ । यो सम्भवतः राजस्व असुलीको वृद्धिदरमा आजसम्मकै उच्च र ऐतिहासिक रेकर्ड हो ।


- http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=15069&cat_id=18

Read Full Discussion Thread for this article