Posted by: crazy_love February 25, 2009
अभियान।
Login in to Rate this Post:     0       ?        

 

भाग -३

शुक्रबार बिहान हामीहरुको कोठा चिटिक्क सफा भयो। ठुलोबा दिँउसो आउने हुनाले हामी खाना खाएर बिहानै इस्कुल गयौं। स्कुलमा भाइ, म, सानो बहिनी र ठुलो बहिनी आज ठुलोबुबाले के गर्नु हुन्छ भनेर छलफल गरिरहयौ। सानी र ठुली बहिनी दुबै कान्छा काकाका छोरी, दुबै पढन्ते, भलादमी र ठुलोबुबाका कुरा मान्ने। भाइ जहिले पनि एउटै कक्षामा सेकेण्ड इयर पनि पढ्ने, मेरो मार्कशीटमा रातो बुट्टाहरु हुने र हामी दुबै जहिले पनि काम बिगार्नेको सुचीमा पहिलोमा पर्ने। दिदी भागेको कान्डमा भाइ र म ठुलोबुबाको रिसको आगोमा नपर्ने संभावना कमै थियो। त्यसैले भाइ र मेरो सुटुक्क गोप्य बार्ता भइसकेको थ्यो। यसपाली ठुलोबुबाको अगाडी सकेसम्म कम देखा पर्ने र यदि भेट नैं भए पनि ३ मिनेट भन्दा बढी कुरा नगर्ने।


घर पुग्दा बाताबरण भुँइचालो आउनुअघिको जस्तो शान्त थियो। त्यो दिन भाइले गेटमा घर पुगेपछि सधै हान्ने दुइ लात्ता हानेन। खुट्टा उचालिसक्याथ्यो, मैले "एपी" भन्ना साथ तल झार्यो। नत्रभये हामी स्कुलबाट फर्केको संकेत त्यही गेटबाटै थाहा हुन्थ्यो। बिहे गरेर गइसकेका ठुलोबुबाका जेठी र माहिली दिदी पनि आउनु भाको रहेछ। उहाँहरुले  खाजा दिनु भयो र बिस्तारै बोल्नु तल कोठामा मिटिङ हुँदैछ भन्ने जानकारी दिनु भयो। ठुली र सानी बहिनी सासै सासले कुरा गर्न थाले। भाइलाइ चाँहि हरेक कुरा दुइचोटि भन्नु पर्थ्यो। अझ सुनेन भनेर "हाँ" भनेर ठ्लो स्वरले सोध्थ्यो। तल सबै जना ठुलो बुबासङ गम्भिर बार्तालाप गर्दैछन्, माथि हामीहरु बाहिर खेल्न जान नपाएर छट्पटिएका छौं। भाइलाइ उकुसमुकुस हुन थाल्यो, मलाइ पनि बोर लाग्न थाल्यो। सानी र ठुली बहिनी दुबै होमवर्क गर्न थाले।


मैले सुस्तरी भाइलाइ भने।"तल के कुरा भैराको होला है, बाबु?"


"जे सुकै होस्। बहिर खेल्न जान नि नपाउने। क्या बोर?" भाइलाइ मेरो चासोलाइ बेवास्ता गर्‍यो।


"बाबु, एउटा कुरा भन्छु मान्छस्?" मैले सोधें।


"कति पैसा दिन्छस्?" भाइलाइ काम अर्हाँउदा पैसासङ मतलब् थियो।


"५ रुपियाँ" मैले पनि लोभ देखाँए।


"के काम भन्त?" भाइ जोसियो ५ रुपिँयाले।


"तल गएर के के कुरा हुँदैछ ढोकाबाहिरबार सुनेर आइज न।" मैले पाँचको नोट स्कुलको ब्यागबाट बाहिर निकाल्दै देखाँए।


"ह्या, मलाइ जानी जानी गोहीको आहारा बन्नु छैन। अरु काम भन त्यो बाहेक।" भाइ मानेन।


"केहि पनि हुँदैन त्यो बन्द ढोकाको बाहिरबाट सुन्ने त हो नि।" मैले फेरि पाँच रुपिँयामा एक रुपियाँ थपें।


"एकचोटिमात्र है त? फेरि फेरि जान्न नि। पैला पैसा दे।" भाइले भन्यओ। मैले एक रुपियाँ दिए अनि बाँकि काम सके पछि दिने भने।  भाइ तल गएपछि म ब्यागको किताब मिलाउन थाँले।


५ मिनेटपछि भाइ स्याँ स्याँ गर्दै आइपुग्यो।


"दिदी"  एकछिन टक्क अडियो र लामो स्वाश फेर्‍यो।


"के?" मैले सोध्दा दुइटै बहिनीहरु समेत भाइलाइ अचम्म मानेर हेर्दै थे।


"तल त तेरो बिहेको कुरा भइ राको छ।" भाइले एकै स्वासमा भन्यो।


"नकरा गधा! जे पायो त्यही नबोल्त अहिले पाँच रुपियाँ नि दिन्न अनि थाहा पाँउछस्।"


"सत्ते सत्ते, दिदी! तल त्यो भागेर गएकी दिदीको बिहेको कुरो चलिरहेको ठाँउमा तंलाइ बिहे गर्दिने रे। अहिले लाइ कुरा छिन्ने र अनि तैंले SLC सकेपछि बिहे गर्ने रे।" भाइले झुठ बोल्या जस्तो लागेन त्यसबेला। मेरो मुटुमा भुँइचालो गयो बल्ल त ८ कक्षामा पढ्दैछु, अहिले नैं बिहे र सिहे। के भएछ ठुलाबडाहरुको दिमागमा।" केहि बेर सोच्नै नसके पछि हामी चारै जना तल कुरा सुन्न गयौं। ढोकाको सबैभन्दा अघि भाइ, त्यसपछि म, मेरो पछि ठुलो बहिनी अनि ठुलो बहिनीको पछि सानी। हामी लस्करै ढोकामा कान लगाएर भित्रको कुरा सुन्न थाल्यौं।


"क्रेजी सानै छे, दाइ। अहिले बिहेको कुराले पढाइमा बाधा हुन सक्छ।"  भित्र मेरो बुबा भन्दै हुनुहुन्थ्यो।


"अहिले कसले बिहे गर्दिने भनेको छ र? टीकाटालो मात्र गरिदिने। केटो राम्रो छ, घर पनि राम्रै छ। एउटी नकचरीले गुहु खाइ हाली। हाम्रो लागि मरी त्यो अबदेखि। हाम्रो नाक काटेर गएकीको सट्टामा छोरी त दिनु पर्‍यो नि केटापट्टीलाइ। के जवाफ दिने उनिहरुलाइ?" ठुलोबुबा सिंह झै गर्जे। मेरो जिउ थरथर काँप्यो, भाइको कान पनि रातो रातो भयो। पछाडीबाट ठुलीले मेरो हात बेस्सरी समाती। सानीले केहि सुनिनछ। पछाडीबाट "के भयो? मलाइ पनि भनन भन्दै घचेट्न थाली। ठुलीले सानीको कानमा के भनि कुन्नि, सानीले त जोरले हामी सबैलाइ धकेल्न पुगी, ढोका घर्याक्क खुल्यो। भित्र चुकुल लाको रहेनछ। सबैभन्दा पहिले भाइ ठुलोबुबाको अघिल्तिर गएर लड्यो, त्यसपछि म अनि मेरो पछाडी दुइ बहिनी हरु। भाइ ठुलो बुबाको अघि उठ्ने हिम्मत गर्न सकेन, सिंहको मुखमा आहारा पर्‍या जस्तो भएको थियो। बहिनीहरु र मलाइ मेरो बुबाले उठाउनुभएपछि भाइ बिस्तारै उठ्यो।

एक्कासी चारै जना भाराभुरीहरु आफ्नो अघि आएर लडेको देखेपछि ठुलोबुबा आत्तिनु भयो।


"यीनीहरुलाइ के भयो हँ?" ठुलोबुबाको त्यो गर्जनले अनायास मेरो आँखाबाट बलिन्द्र धारा आँसु बग्न थाल्यो। मैले रुँदै भने "म बिहे गर्दिन।" म रोएको देखेर भाइ पनि हिक्क हिक्क गर्न थाल्यो, त्यसपछि बहिनीहरु। त्यहाँ रुने अभियान शुरु भइसकेको थ्यो, आमाहरुको आँखा पनि आँसुले धमिलिसकेको थ्यो।


 



 

Last edited: 25-Feb-09 07:43 PM
Last edited: 27-Feb-09 03:37 PM
Read Full Discussion Thread for this article