Posted by: Rahuldai February 25, 2009
बौद्धिक वार्तालाप रे, हा हा
Login in to Rate this Post:     0       ?        

अझ यसमा अलिकती थपी दिम ।


प्रज्ञा काण्ड बारे गाली शिरोमणी खगेन्द्र संग्रौलाले एक अखबार मा भनेका थिए। "हिजो का डाक्टर प्राज्ञहरुले के नै नप्या थियो र ? अहिले को नाम नसुनेको भन्दै मा बिरोध गर्ने रे।"



मलाई यहाँ निर जोड्न मन लागेको कुरा चाँही , हिजो कुन चाँही डाक्टर ले मरेको मान्छेलाई ब्युंताइ दिएको थियो र अस्पातल मा हाम्रो मान्छे राख्न नहुने भन्दै डाक्टर को ठाममा धामी झाक्री बोक्सी राखे भैहाल्यो नि? 



नामै त प्राज्ञ परिषद , प्राज्ञ को अर्थ जान्ने सुन्ने त हुनु पर्‍यो नि ? आफ्नो मान्छे राखोस्, तर योग्य राखोस् न । एउटा कबिता कथा निम्बन्ध नलेखेकाहरुले साहित्यको उत्थान कसरी गर्ने हुन ? जागिर खुवाउनलाई त कामरेड डाकटर् साहेबले अनेक भर्ती केन्द्र खोल्दिनु भएकै छ।


किराँती को किरा लाग्या दिमागमा प्रज्ञा को अर्थ मात्र - प्रचन्ड + ज्ञानेन्द्र होला ।

Read Full Discussion Thread for this article