Posted by: CT. February 25, 2009
बौद्धिक वार्तालाप रे, हा हा
Login in to Rate this Post:     0       ?        
.....मन्त्री गोपाल किराँतीको ठाडो आदेशमा गठित प्राज्ञ पदाधिकारी प्रधानमन्त्री पुष्पकमल दाहालको त्योभन्दा ठूलो ठाडो आदेशमा विघटन गरिएको छ। ......शक्तिशाली देखिएको प्रधानमन्त्री दाहालको ठाडो आदेश पनि पशुपति भट्ट प्रकरणमा फितलो नै भएको हो।
नियुक्ति बदर हुनुभन्दा ठीक एक दिनअघि मन्त्री किराँती ... चौतर्फी विरोधका बाबजुद पनि आफ्नो अडानप्रति टसमा मस थिएनन्।  विघटनभन्दा एक दिनअघि उनी हामीसँग अत्यन्त बौद्धिक गफ गर्दै थिए। उनलाई के थाहा थियो भने प्राज्ञको बारेमा बोलेपछि सस्ता र तल्ला तर्कहरू पनि बौद्धिक गफ हो।
...०००...... .....०००..... ......०००..... ......०००......
ओठको भित्रपट्टि बाक्लो सुर्ती च्यापेका मन्त्री गोपाल किराँतीले भने,  'हामीले हीरामोती ल्याएका छौं।' 'हेर्नोस् हामीले प्राज्ञिक क्षेत्रका कीरा–फट्याङग्रा र धमिराहरू ल्याउन चाहेनौँ।'  , 'भन्नेले हाम्रा मान्छेलाई केटौले, अयोग्य भन्लान् तर काम गर्न यिनीहरू माहिर छन्।'
 'कस्तो काम?' हामीले सोध्यौँ।
 'हिजो हाम्रा साथीहरू जनयुद्धमा लेख्थे, नाच्थे, गाउँथे, आज प्राज्ञिक क्षेत्रमा पुगेका छन्। अब यतै रमाउँछन्।'
 'उमेर त साह्रै केटाकेटी भयो नि?' हामीले सोध्यौँ। 
 'उमेर कसैको पनि क्षमताको मापन होइन, जनयुद्ध सबै साना–साना भाइबहिनीले लडेका थिए। अबको नेपाल भनेको नयाँ पुस्ताको हो।' मन्त्री जङ्गिए, 'पुराना सोच र मान्यताहरूबाट मुक्त हुनुहोस्। अनि मात्र बुझ्नुहुन्छ हाम्रो काम।'
 उनले नवनियुक्त कुलपति, उपकुलपति र प्राज्ञहरूको फेरहिस्त नै सुनाए, 'बाबुलाल पुन रोल्पाका राम्रा चित्रकार हुन्, उनी जनयुद्धमा होमिँदा पनि साधनारत थिए। माइला लामा जनयुद्धका सांस्कृतिक मोर्चा सम्हालेका मान्छे हुन्। बालकृष्ण राई सांस्कृतिक मोर्चाका कुशल नर्तक हुन्। उनको पार्टीको नाम आदर्श हो। ईश्वरचन्द्र ज्ञवाली जनसांस्कृतिक महासङ्घका उध्यक्ष हुन्, उनले युद्धकालमा ठूलो योगदान गरे।' मन्त्री किराँती रोकिएनन्। हामीले रोक्नु उपयुक्त थिएन पनि, 'अरविन्दकुमार लाल पनि कलाकार हुन्। भूपाल राई जनपक्षीय कवि हुन्। उनले भूमिगत कालमा पार्टीलाई सहयोग गरेका थिए।'
 'त्यसो भए जनयुद्धमा सामेल हुनु नै प्राज्ञ हुनुको योग्यता हो?' हामीले सोध्न छोडेनौँ।
 'हिजो हाम्रा सभासद्हरूलाई पनि सबैले प्लस टु पढ्ने केटाकेटीजस्ता भन्थे। खोइ तिनैले नेपालमा गणतन्त्र ल्याए त। हाम्रा पदाधिकारी साना भए पनि तेजिला छन्।'
 ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति उमाशंकर साहलाई चाहिँ मन्त्री किराँती पनि चिन्दैनन् रहेछन्। भने, 'उनको नाम मधेसी जनाधिकार फोरमले पठाएको हो। म पनि चिन्दिन। तर उनी पक्कै राम्रा मान्छे हुन्।'
हामीले पनि पत्याइदियौँ। हाम्रा बौद्धिक मन्त्रीले जो भनेका छन्। 
......०००..... ......०००..... ......०००..... ......०००......
http://weeklynepal.com/index.php?option=com_content&task=view&id=19778
Read Full Discussion Thread for this article