Posted by: BKMailo February 25, 2009
BHOJPUR
Login in to Rate this Post:     0       ?        
विद्यालयलाई जग्गा दान

भोजपुर-
तिम्मा गाविसस्थित एक विद्यालयलाई खेल मैदान र भवन निर्माणका लागि एक
सर्वसाधारणले जग्गा निःशुल्क उपलब्ध गराएका छन् । भोजपुरको तिम्मा-९,
रिमचिमस्थित पशुपति निमाविलाई माध्यमिक विद्यालयस्तरको कक्षा सञ्चालन गर्न
स्थानीय छत्रबहादुर कार्की र विष्णुमाया कार्कीले जग्गा उपलब्ध गराएका
हुन् । उनीहरूको आमा मनमायाको नाममा ३० हजार बराबरको १० आना जग्गा
विद्यालयको नाममा पास गरिदिएको विद्यालयले जनाएको छ ।

विद्यालयले यसै वर्षदेखि माविको अध्यापन सुरु गरेको हो ।   

Source: http://kantipuronline.com/kolnepalinews.php?&nid=181248    
  

Read Full Discussion Thread for this article