Posted by: chipledhunga February 24, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

हाजिर गरेको समय अनुसारको पहिलो तथा दोस्रो जदौ रिट्ठे, पूरे, बिष्टे, ठुल्दाइ, हर्के तथा नाम छुटेका र आउँदै गरेका सबैलाई।

प्रियसीका यादहरु भरिएको मुटु एकान्तमा आज यहाँ फुकाएर हेरें
पीरतीका खातहरु कोरिएको छाती रसिएका दुई आँखालाई सुकाएर हेरें

जीवन यहाँ जताततै अङ्गालेको कथा जस्तै
यहाँ मुटु चारै तिर भङ्गालिएको ब्यथा जस्तै
आफ्नै पाइला आफ्नै मुटु सँगालेको ज्यथा जस्तै

प्रियसीका यादहरु भरिएको मुटु एकान्तमा आज यहाँ फुकाएर हेरें
पीरतीका खातहरु कोरिएको छाती रसिएका दुई आँखालाई सुकाएर हेरें

सम्झनाका ब्यथाहरु छाती भित्र धूँवा जस्तै
तिर्खाएको पानीलाई नभेट्टिने कुवा जस्तै
बास खोज्दै उडी हिंड्ने सिमलको भुवा जस्तै

प्रियसीका यादहरु भरिएको मुटु एकान्तमा आज यहाँ फुकाएर हेरें
पीरतीका खातहरु कोरिएको छाती रसिएका दुई आँखालाई सुकाएर हेरें

Read Full Discussion Thread for this article