Posted by: Jawala February 23, 2009
CPN UML 8th General Convention: Latest Vote Count
Login in to Rate this Post:     0       ?        
अपडेटः बिहान ६.३० गए राती भन्दा अहिले मत को अन्तर बढेको छ । अहिले सम्मको स्थितिमा झलनाथ खनालले ५८ मतको अग्रता हासिल गरेका छन्। खनालको मत ५३६ रहेको छ भने, ओलीको ४८८ । यसै बिच “यो अग्रताले नै आफुले जित्छु भन्ने देखिइसकेको छ भन्दै खनालले आफ्नो जीत सुनिश्चित भएको दाबी गर्नु भएको छ । महासचिवमा खनाल पक्षका ईश्वर पोखरेलले १०० मतले ओली पक्षका प्रदीप नेपाललाई पछाडि पारेका छन्। तीन जना उपाध्यक्ष पदमा अशोक राईको जित सुनिश्चित जस्तै देखिएको छ। बाँकी दुई स्थानमा ओली पक्षका विद्या भण्डारी र भीम रावल अगाडि रहेका छन्। खनाल पक्षका गृहमन्त्री वामदेव गौतम तेस्रो नम्बरका लागि प्रतिस्पर्धा गरिरहेका छन् भने सहाना प्रधान धेरै पछाडि छुटिसकेका छन्।
Read Full Discussion Thread for this article