Posted by: chipledhunga February 23, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

हसुर्न जानु अघी शिवरात्रीका एक दुई छोटा सम्झना कोर्न मन लाग्यो।
आफू सानो हुँदा छरछिमेकाका केटाकेटीहरु साँझ परेपछि "शिवजीलाई जाडो भयो दाउरा देउ दाउरा नभए मट्टितेल देउ मट्टितेल नभए पैसा देउ" भन्दै घरघरमा आउँथे। त्यसपछि दोबाटो चौबाटोमा आगो बाल्दै बस्थे।
एक चोटि म कक्षा २ मा पढ्दाको कुरा हो। शिक्षा दिवस (अहिले पनि मनाइने भएको भए आजै पर्थ्यो), शिवरात्री आदिको बिदा सँगसँगै जस्तो परेको बेला बीचमा एक दुई दिन स्कुल छुटाएर सपरिवार बिरगंज गैएको थियो। मेरो ठुलोबुवाको जागीर त्यतै थियो त्यो बेला।  मुग्लिङ- नारायणघाट सडक बनिसकेको थिएन क्यार, सुन्धाराबाट राष्ट्रिय झन्डा बोकेको (प्रजातन्त्र दिवसको लागि झुन्ड्याइएको होला, मन्त्रीको गाडी त के हुन्थ्यो) साझा यातायातको हरियो बसमा त्रिभुवन राजपथ हुँदै जिन्दगीमा पहिलो चोटि तराइ झरेको थिएँ। बिरगंजको शिवरात्रीको त केही सम्झना छैन मलाई, तर घर फर्किंदा खेरि भने झसंग भईयो। हाम्रो घर वरिपरि काँडेतार लगाउन काठका खम्बाहरु गाडिएका थिए। जम्मै जस्तो उठाएर लगेछन्। शायद शिवरात्रीमा आगो बालेर सिद्ध्याए होलान्।
Read Full Discussion Thread for this article