Posted by: sprakashp February 22, 2009
फूलको मौनता
Login in to Rate this Post:     0       ?        

फूलको मौनता

शिव प्रकाश

मौन छ फूल

फूलको मौनताभित्र

सुन्दरता छ

सुन्दरताभित्र

मादकता छ

तर फूल कागजको पनि हुन्छ ।

निश्छल छ फूल

फूलको निश्छलताभित्र


प्रतीक छ प्रेमको

उपमा छ आत्मीयताको

वैभव छ विश्वासको

तर फूलभित्र काँडा पनि हुन्छ ।

फूलको विषेशता –

सुन्दरता र मादकता

प्रेम र आत्मीयता

निश्छलता र कोमलता

तर फूलको धारले

मन रेटिएको पनि हुन्छ ।

सृष्टिको सुन्दर उपहार हो, फूल !

त्यसैले फूल, फूल हो

तर फूल, फूलमात्र हैन

सृष्टिको अथवा दृष्टिको

एउटा भूल पनि हो, फूल ...!

मौन छ सधै मादक फूल… !



बोस्टन, अमेरिका 02-15-09
Read Full Discussion Thread for this article