Posted by: sprakashp February 22, 2009
Reab about Sukdev...... !
Login in to Rate this Post:     0       ?        
who is SUK DEV......
http://72.167.53.34/pNepal/article.php?&aid=64
श्रम शोषणको अभियोग खेपेका साह राजदूतमा सिफारिस


अमेरकिी कानुन मिचेर घरेलु कामदारमाथि श्रम शोषण गरेको अभियोग छ, अमेरकिाका लागि नेपाली राजदूतमा प्रस्तावित सुकदेव साहमाथि । साहले अमेरकिाको कानुन मिचेर घरेलु कामदारमाथि श्रम शोषण गरेको तथा गैरकानुनी रूपमा उनकी श्रीमतीले शिशु स्याहार केन्द्र खोलेको कुरा १४ वर्षअघि वासिङ्टन सीटी पत्रिकाले उजागर गरेको थियो ।
उक्त पत्रिकाको १९९५ मे १२-१८, वर्ष-१५, अंक १९ मा प्रकाशित मार्था हनीको 'क्यापिटल स्लेभ' शीर्षकको सामग्रीमा जनाइए अनुसार, सन् १९९१ म्ाा साहले संगीता सत्याल नामकी महिलालाई घरेलु कामदारका रूपमा नेपालबाट झिकाउनका लागि वाषिर्क ४० हजार अमेरकिी डलर तलब दिने सर्त गरेका थिए, जो देखावटी रूपमा मात्रै थियो । संगीताले भिसा पाउनुअघि तलब सुविधाका सम्बन्धमा साहले सर्तनामामा समेत हस्ताक्षर गरेका थिए । तर, अमेरकिाको गृह प्रशासन र संगीतालाई थाहा नै नदिई साहले संगीताका बुबासँग गोप्य रूपमा करार गरेका थिए । त्यसमा संगीताको ब्यांक खातामा प्रतिमहिना ५० डलर मात्रै जम्मा गरिदिने उल्लेख थियो । घरेलु कामदारका रूपमा ल्याइएकी संगीताका अनुसार, उनलाई खाने र बस्ने सुविधा मात्र दिइएको थियो तर तलब भने दिइँदैनथ्यो, न त उनलाई आफ्नो ब्यांक खाता नै हेर्न दिइन्थ्यो । पछि संगीता त्यहाँबाट अन्यत्रै भागेकी थिइन् ।
पत्रिकाका अनुसार, साहकी पत्नीको भर्जिनियाको अलेक्जेन्डि्रयास्थित घरमा शिशु हेरचाह केन्द्र पनि सञ्चालनमा थियो । तर, अमेरकिी कानुन अनुसार उनकी पत्नीलाई त्यस्तो हेरचाह केन्द्र सञ्चालन गर्ने अनुमति नै थिएन । संगीतालाई यही स्याहार केन्द्रमा काममा लगाइएको थियो । यसरी अवैधानिक रूपमा बच्चा हेर्न महिला राखेकामा साहलाई संयुक्त राज्य अमेरकिाको अदालतबाट समेत दोषी ठहर गर्दै स्थानीय सरकारले जारी गरेको दुई वर्षको न्यूनतम तलब सम्बन्धित महिला अर्थात् संगीतालाई उपलब्ध गराउन आदेशसमेत दिइएको थियो ।
अमेरकिाका लागि राजदूतमा सिफारसि गरएिका साह संसदीय समितिमा सुनुवाइका लागि नेपाल पुगिसकेका छन् । फागुन ६ गते नेपाल उड्नुअघि साह दम्पती नै वासिङ्टन डीसीस्थित नेपाली दूताबासमा पुगी त्यहाँ रहेका कर्मचारीहरूसँग दूताबासको अवस्थाबारे जानकारी लिएका थिए । त्यस अवसरमा उनीहरूले राजदूत निवाससमेत पुगेर निरीक्षण गरेका थिए । साह दम्पतीले नेपाल जानुअघि एयरपोर्टसम्म जानका लागि दूताबासकै चालकसहितको गाडी प्रयोग गरेका थिए ।


को हुन् सुकदेव ?


पुर्खौली घर जनकपुर हो, उनको । सन् १९६७ मा नेपाल राष्ट्र ब्यांकको जागिरे हँुदाहुँदै अमेरकिाको हवाईस्थित इस्टवेस्ट सेन्टरमा अमेरकिी छात्रवृत्तिमा पढ्नका लागि आएका हुन् उनी । उनले हवाईको पढाइ सकेपछि अन्तर्राष्ट्रिय मुद्राकोषमा सन् १९७३ देखि २००२ सम्म जागिर खाए । सन् २००२ मा अन्तर्राष्ट्रिय मुद्राकोषबाट अवकाशपछि कोषमा काम गररिहेका बेला लिएको 'जी-फोर' भिसाको अवधि पनि सकिएकाले दुई वर्ष अमेरकिा छाड्नैपर्ने बाध्यता भयो र उनी अध्यापनका लागि फिजी गए । त्यसपछि उनी सन् २००८ मा अमेरकिा फर्केका हुन् ।
शतप्रतिशत छात्रवृत्तिमा आएपछि अमेरकिी सरकारले यहाँ बस्नका लागि नेपाल सरकारसँग सम्बन्धित व्यक्ति अमेरकिामा बस्दा नेपाललाई कुनै हानि-नोक्सानी हुँदैन भन्ने आशयको पत्रसमेत माग्ने पचलन छ । साहका लागि नेपाल सरकारका तर्फबाट यस्तो पत्र लेखेर पठाइएको र अमेरकिी स्टेट डिपार्टमेन्टमा बुझाएपछि सन् २००४ मा उनले स्थायी बसोबासका लागि ग्रीन कार्ड प्राप्त गरेका हुन् ।

Last edited: 22-Feb-09 03:08 PM
Last edited: 22-Feb-09 03:11 PM
Read Full Discussion Thread for this article