Posted by: Nepe February 19, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

> kina दर्शन ढुङ्गा bhanya hola hai?


 


दल्सिङ ढुङ्गा भनिन्छ । खासमा दल्सिङ लाई बिगारेर (अथवा सपारेर, if you like) “दर्शन बनाएको हो जस्तो लाग्छ मलाई । दल्सिङ चाही दल्नु संग सम्बन्धित हुनुपर्छ । कर्कुच्चो दल्न प्रयोग हुने भएर होला ।


आगो पार्न पनि प्रयोग हुन्छ । Flint ढुङ्गा के । यसमा चाही अलि जोडले जुधाउने पर्ने हुन्छ ।


अब दर्शन ढुङ्गा नै मौलिक नाम हो भने चाही यसो होला । पाषाण युगमा हाम्रा पुर्खाहरु यसलाई हतियार (चक्कु, भाला) बनाउन प्रयोग गर्थे । अब हामीले यो ढुङ्गो देखेपछि हाम्रो ढुङ्गेयुगे पुर्खाको [ जीवनचर्या ] को दर्शन पाए बराबर हुने भएर यसलाई दर्शन ढुङ्गा भन्या होला ।


 


.

Read Full Discussion Thread for this article