Posted by: chipledhunga February 19, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        

अपरान्हको जदौ सबैलाई।

फोटोमा देखिएको डाँडो त चन्द्रागिरिको हो। चाल्नाखेल र चोभार बीचको कुनै ठाउँ हुनु पर्छ।  

<<<<१० डलर भा' भे त १० वोटा ब्या गर्थे होला नि>>>>>

रिट्ठेको लागि यो गीत।

सानो हुँदा गाइको बाच्छो ठुलो भए बहर
घरमा जेठी भए पछि कान्छी ल्याउने रहर
भात खाउली मार्सी चामल तिहुन खाउली लौकी
म झिल्केलाई पत्याउने भन कोही छौ कि
हे कुरा साँचो छ ज्यानलाई एउटीको सार्है खाँचो छ


उहिलेका बुढा पाका औंला भाँची गन्थे
कती वटी दुलही भन्दा दश बार्ह वटा भन्थे
आफ्नो भने एउटी माथि अर्की ल्याउन लाग्दा
सातो पुत्ला एकातिर घरकी स्वास्नी जाग्दा 
हे कुरा साँचो छ ज्यानलाई एउटीको सार्है खाँचो छ


एउटीले त पत्याइहाली तर रहिछे काली
त्यो कालीलाइ ल्याउने लगन छैन यस पाली
घरकी सिरिमती गोरी तर मनकी जाली
जसो तसो जोडी मिल्ने बरु आफ्नै साली
हे कुरा साँचो छ ज्यानलाई एउटीको सार्है खाँचो छ


 
Read Full Discussion Thread for this article