Posted by: Rahuldai February 18, 2009
~ * चौतारी १४० *~
Login in to Rate this Post:     0       ?        
भुईमा बस्दा दाग लाग्ला
काखैमा बस्दा बात लाग्ला
हाँसौ खेलौ नक्कली
ओच्छाई दिउला चकटी

आजु त कालको केटालाई
भात भन्दा मिठो (ग्याब्रे) छ
हाँसखेल गर्ने मन छैन होई
बाबुले देकोलाई बिहा गर्छ

यो केटी साह्रै चेपारे
मुखले नाई नाई भन्दछ
हामी जस्तो केटा देखेर
मनले जाउ जाउ गर्दैछ

हात्तीको दुईतिर पुच्छर
भनेको कहिले हुन्छ र
एक्छिन हाँसखेल गर्दैमा होई
घरजम कहिले हुन्छ र

ईत्त र चित्त मिले त
घरजम पक्कै भैइजाला
केटीलाई केटाले नलगे
अरु त कसले लैजाला

धक्कुमा लाउनु पर्दैन होई
भिरमा भैंसी चर्दैन
यत्तिको ठुलो संसारमा होई
तो मात्रै केटा हुन्दैन

धक्कुमा लाउनु पर्दैन
भिरमा भैंसी चर्दैन
यत्तिको ठुलो संसारमा
त मात्रै केटी हुन्दैन

यत्तिको ठुलो संसारमा होई
तह्लाई त मैले रोज्दैन

Read Full Discussion Thread for this article