Posted by: BKMailo February 17, 2009
BHOJPUR
Login in to Rate this Post:     0       ?        

६ हजार लालपुर्जा फिर्ता





भोजपुर,
फागुन ५ - सरकारले ऋण मिनाहा गरेपछि कृषि विकास बैंकले ६ हजार किसानको
लालपुर्जा फिर्ता गरेको छ । ऋण मिनाहापछि बैंकले मालपोतमा रोक्का
घरजग्गासमेत एकमुष्ट फुकुवा गरेको हो ।

कृषि
विकास बैंकका अनुसार जिल्लाका सबै ऋणीले मिनाहा पाएका छन् । सरकारले ३०
हजार रुपैयाँसम्मको साँवा-ब्याज मिनाहा गरेपछि ५ हजार ८ सय किसानको हातमा
लालपुर्जा परेको हो । यहाँबाट सावाँ-ब्याज गरी ११ करोड ११ लाख ५८ हजार
मिनाहा भएको ऋणभार सरकारले बेहोर्ने बैंकले जनाएको छ । बैंकका भोजपुर
प्रबन्धक राजन घिमिरेले पुराना ऋण सकिएपछि नयाँ लगानी सुरु गरेको बताए ।
बैंकले उद्योग, व्यापारिक कर्जा, हायर पर्चेज, शैक्षिक, आवास तथा
निर्माणजस्ता क्षेत्रमा लगानी गर्न थालेको छ ।

Source:  http://kantipuronline.com/kolnepalinews.php?&nid=180775

Read Full Discussion Thread for this article