Posted by: presidentofnepal2035 February 16, 2009
Poor Baburam Bhattarai
Login in to Rate this Post:     0       ?        

Poor indeed. Poor we... Poor our mentality. Poor our ill knowledge and poor Baburam Bhattarai who has become finance minster of a country where the citizens find proud in insulting him on petty things. It is not Baburam who should be ashamed. I am very embarrassed not because PM did not have time to visit our FM but because some of our folks found this incident cheerful.


काठमाडौं, २९ माघ ०६५ : अर्थमन्त्री डा.बाबुराम भट्टराई साता दिन लामो मैत्रीपूर्ण जापान भ्रमणबाट आज अपरान्न १२:३० बजे स्वदेश र्फकनुभएको छ ।


अर्थमन्त्री भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संवाददाताहरुसित जापानजस्तो आर्थिक महाशक्तिको लगानी हुन सक्यो भने आर्थिक रुपमा नेपालको कायापलट हुनसक्ने बताउनुभयो ।


जापानी प्रत्यक्ष लगानीको लागि भ्रमणका क्रममा त्यहाँको निजी क्षेत्रसँग छलफल भएको पनि उहाँले उल्लेख गर्नुभयो ।


हिरोसिमा र नागासाकीका त्रासदीपूर्ण नरसंहारपछिको जापानको पुनःनिर्माणको अनुभव दशवर्षे लामो गृहयुद्धपछिको नेपालको आर्थिक विकासको लागि महत्वपूर्ण शिक्षा हुनसक्ने अर्थमन्त्रीको भनाइ थियो । भ्रमणको क्रममा उहाँले ओहिटा िप्रफेक्चरमा सञ्चालित 'एक गाउँ, एक उत्पादन' कार्यक्रमको निरीक्षणभ्रमण गर्नुभएको थियो । उक्त कार्यक्रम नेपालका गाउँको औद्योगिकीकरणको लागि महत्वपूर्ण उदाहरण हुनसक्ने उहाँले बताउनुभयो ।


अन्य छिमेकी मुलुकको तुलनामा जापानको लगानी विवादमुक्त हुनसक्ने पनि अर्थमन्त्री भट्टराईको धारणा थियो ।


त्यसैगरी काठमाडौं-टोकियो हवाई उडान सञ्चालन गर्ने विषयमा पनि भ्रमणका क्रममा छलफल भएको र त्यस विषयमा जापान सरकार निकै सकारात्मक रहेको अर्थमन्त्रीले जानकारी गराउनुभयो ।


जापानी नागरिकहरुले सेवानिवृत्त भएपछि नेपाल आएर सेवा गर्ने इच्छा आफूसित व्यक्त गरेको पनि अर्थमन्त्रीले बताउनुभयो । जापानी केटाकेटीहरुसमेतले मनास्लु हिमाललाई माया गर्ने आफूले पाएको उहाँले व्यक्त गर्नुभयो । मनास्लु हिमाल चढ्ने पहिलो व्यक्ति जापानी थिए ।


जापान सरकार खासगरी भौतिक पूर्वाधारलगायतका क्षेत्रमा नेपालमा लगानी गर्न इच्छुक रहेको र उपल्लो सेती जलविद्युत परियोजनमा जापानी सहयोगको बारेमा छलफल भएको पनि उहाँले जानकारी गराउनुभयो ।


भ्रमणको क्रममा अर्थमन्त्री भट्टराईले जापान सरकारका अर्थमन्त्री, सहायक-अर्थमन्त्री लगायतका उच्च अधिकारीहरुसित भेटवार्ता गर्नुभएको थियो ।


जापान भ्रमण अर्थमन्त्री भएपछि डा. भट्टराईको मित्रराष्ट्रको पहिलो औपचारिक भ्रमण हो ।

Read Full Discussion Thread for this article