Posted by: pooj33 February 16, 2009
Rishi Dhamala??
Login in to Rate this Post:     0       ?        
- 2009-02-16 16:18:26
धमलाको हिरासत म्याद थपिने

काठमाडौं, फागुन ५ (दैनिकी)- हातहतियार तथा खरखजानासम्बन्धी अभियोग लगाइएका रिपोटर्स क्लब अध्यक्ष ऋषि धमलालाई हिरासतमा राख्न प्रहरीले दोस्रो पटक म्याद थप्ने भएको छ।
प्रहरीले धमलामाथि अनुसन्धानका लागि पहिलो पटक थपेको दुई हप्ताको म्याद सोमबार सकिँदैछ। अनुसन्धान पूरा नभइसकेकाले भोलि मंगलबार जिल्ला प्रशासन कार्यालयबाट थप म्याद लिइने महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकारीले दैनिकीलाई बताए।
हातहतियार तथा खरखजानासम्बन्धी अभियोगमा अनुसन्धानका लागि ९० दिनसम्म हिरासतमा राख्न सकिने व्यवस्था छ।
भूमिगत रणवीर समूहसँग मिलेर फिरौती असुलीमा सक्रिय रहेको अभियोग लगाउँदै प्रहरीले १५ दिनअघि धमलालाई क्लब कार्यालयबाटै गिरफ्तार गरेको थियो।
धमलाको रिहाइ माग गर्दै फ्रिडम फोरमले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा गत हप्ता पूर्ण इजलासमा पठाइएको थियो।
Read Full Discussion Thread for this article