Posted by: shantasamundra February 16, 2009
लोडसेडिङले सहवास बढायो
Login in to Rate this Post:     0       ?        
published in qatar issue of kantipur



लोडसेडिङले सहवास बढायो


सुरज कुँवर

काठमाडौं, प्रसूति गृहको गर्भपतन सेवा केन्द्रमा बुटवल घर भएका एक मोबाइल मेकानिक्स पत्नीका साथ भेटिए । मैतीदेवीमा डेरा गरी बस्ने शर्मा थरका दम्पती गर्भपतन गराउन पालो कुरेर बसेका थिए ।
होटल व्यवस्थापन सिक्दै गरेकी पत्नीको गर्भपतन गराउनु उनको बाध्यता रहेछ । चैतभित्र अस्ट्रेलिया जाने टुंगोमा उनीहरू पुगिसकेका छन् । अध्ययनसँगै रोजगारका लागि मेलवर्न जाने तयारीमा रहेका शर्माले गर्भ रहनुको दोष लोडसेडिङलाई दिए । पुतलीसडकस्थित एक कम्प्युटर मर्मत केन्द्रमा आबद्ध उनले ख्यालख्यालैमा गर्भ रहेको बताए ।

गत मंसिरमा मागी बिहे गरेका उनले गोजीबाट युरिन टेस्ट -पिसाब परीक्षण) को रिपोर्ट झिकेर छेउमै बसेकी पत्नीलाई थमाउँदै उनले परिचय नखुलाउन आग्रह गर्दै भने, 'लोडसेडिङले गर्दा दिन/रात डेरामा उनीसँगै बित्छ ।'

पछिल्ला दिनमा लोडसेडिङका कारण गर्भ रहेको स्वीकार्ने शर्मा जोडी एक्ला होइनन् । उनीहरूजस्तै परोपकार प्रसूतिगृह थापाथली, पाटन अस्पताल र विभिन्न नर्सिङ होममा देखा पर्न थालेका छन् । प्रसूतिगृह र पाटनले उपलब्ध गराएको तथ्यांकअनुसार गर्भ रहनुको प्रमुख कारण अस्थायी साधन प्रयोग नगर्नु, दम्पतीको लापरबाही रहनुसँगै लोडसेडिङ पनि जोडिएको छ ।

'यो प्रमुख कारण होइन तर यो पनि एउटा कारण हुन पुग्यो' प्रसूतिगृहको गर्भपतन सेवा केन्द्रकी प्रमुख चिकित्सक सुधा थापाले भनिन्, 'सहरी बस्तीका दम्पतीमा गर्भ रहनुमा अँध्यारो पनि कारण बन्न थालेको छ ।' थाहा पाउनेबित्तिकै चलाख दम्पतीले निजी र सरकारी स्वास्थ्य केन्द्रमा गर्भपतन गराउने गरेको उनले बताइन् ।

विद्युत् राष्ट्रिय प्रशारण लाइनबाट तीन वर्षयता हिउँदमा दैनिक न्यूनतम सात र अधिकतम १६ घन्टासम्म लोडसेडिङ हुने क्रम जारी छ । जनजीवन, कार्यालय, व्यापार, उद्योगसम्ममा असर पारेको लोडसेडिङले पछिल्ला दिनमा फुर्सदीला भएका दम्पतीमा बढाइरहेको यौनकर्म र गर्भबारे चिकित्सक र स्वास्थ्य केन्द्रमा तथ्यांक संकलन भने गरिएको छैन ।

पाटन अस्पतालकी चिकित्सक अल्का सिंहका अनुसार नेपालमा तीन वर्षयता बढिरहेको लोडसेडिङको प्रजनन क्षेत्रमा असर आगामी वर्षबाट देखापर्नेर् सम्भावना छ । डेरा गरी बस्ने जोडीमा लोडसेडिङले बढी प्रभाव पारेको छ । अर्का चिकित्सक पवन शर्मा भन्छन्, 'सेक्सुवल एक्टीभीटी बढेको छ, लोडसेडिङ नहँुदा काममा जोतिने अधिकांश दम्पती तनावमा मेट

-यौनानन्द) हुने सम्भावना कम हुन्थ्यो तर फुर्सदिला भएपछि पि|mक्वेन्सी बढ्छ ।' पाटनकै मेडिकल रेकर्डर मीना दवाडीका अनुसार पछिल्ला दिनमा कार्यशालामा समेत गर्भवती र गर्भपतनको संख्या बढाउन लोडसेडिङको प्रभावबारे चर्चा हुन थालेको छ ।

प्रसूतिगृहमा गत वर्ष २४ हजार २ सय २५ महिलाले बच्चा जन्माए भने १८ हजार ६ सय ६० महिलाले गर्भपतन गराए । रेकर्ड शाखा प्रमुख शान्ति वैद्यका अनुसार सरदर दैनिक ६६ महिलाले गर्भवती सेवा र ५१ ले गर्भपतन गराउँछन् ।




Posted on: 2009-02-14 23:17:35
Read Full Discussion Thread for this article