Posted by: cheli February 13, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
हामी स्कुलमा हुँदा "गुरुआमा नमस्ते" भनेर नमस्ते गर्ने चलन थियो । हाम्री एकजना गुरुआमा भने अलि कस्ती कस्ती हुनुहुन्थ्यो ( psycho भन्दा उहाँको अपमान होला त्यसैले अलि कस्ती कस्ती भनेको नि) !!

एकदिन हामी साथी साथी हुलै बाँधेर घुम्दै थियौं स्कुलमा उहाँ आउनुभो, हामी सबैले  "गुरुआमा नमस्ते" भन्यौं तर एउटी साथीले भनिनछे ! हामी नमस्ते गरिसकेर अलि पर पुगेपछि उहाँले "कार्कीजी" भनेर ठूलो स्वरमा कराउनु भो, त्यही साथीको थरमा जी को फुर्को नि जोडेर !! हामी सबैजना पछाडी फर्कियौं, उहाँले दुवै हात जोडेर नमस्कार गर्नु भो, त्यो साथीको गालामा गर्हो थप्पड हाने जस्तो गरी, बिचरा निल्ल परी! त्यसदिन देखि हामी उहाँलाई जहिले जहाँ भेटेपनि नमस्ते गर्न भने बिर्संदैनथ्यौं !

अर्को दिन म कतै जाँदै थिएं उहाँ फेरि भेट हुनुभो ! "गुरुआमा नमस्ते" भने मैले टाढैबाट, "चेली तिमी यहाँ आउ" अलि कडा स्वर पारेर भन्नु भो । म पनि उहाँको अगाडी गएँ । उहाँले स्वर अझ कडा बनाउँदै सोध्नु भो - " तिमी अहिले भर्खर स्कुल आ'को हो ? मलाई भर्खर भेटेको हो स्कुलमा?"
"होइन" भनें मैले
"अनि तिमी अब घर लान ला'को हो?" फेरि सोध्नु भो !
"होइन, भर्खर त हाफ टाइम भयो" भनें
"अनि किन नमस्ते गरेको त ? नमस्ते नि दिन मा दश चोटी गर्छन् ? त्यति नि थाह छैन, शुरुमा भेट्ने बित्तिकै र घर जाने बेलामा मात्र नमस्ते गर्नु पर्छ भन्ने" साफ झाँट्नु भो उहाँले मलाई, म वाल्ल परेर हेरिरहें !! 

हाम्री गुरुआमा चौतारीमा हनुभा भए के भन्नु हुन्थ्यो होला, पहिलो, दोस्रो, तेस्रो राउन्डका जदौ त तारेमाम ठोकिएका देख्दा!!
Read Full Discussion Thread for this article