Posted by: marijaau February 10, 2009
सुर लगाउ, नयाँ नेपाल आँफै बनाउ
Login in to Rate this Post:     0       ?        
सुर लगाउ, नयाँ नेपाल आँफै बनाउ

आयो प्रचन्ड बजायो ड-ङ्का, मुलुकलाई बनायो अर्को लङ्का
गीरिजा बाबु बुढो सुगा, रटी रहन्छन् पुराणको कुरा
माकुने कुर्छ उही कुर्सी, घ-री घ-री गर्छ, येत र उती
चारैतीर राखी अरौटे भरैटे, अर्को छ लाउके मार्टिन कुरौटे
राजा बाबु बन बीहारमा, लाग्या छन् पञ्चे खुब स्याहारमा

राज्य टुक्रा बाइसे चौबीसे, नेपाली जनता फेरी हिस्सिये
खुचिङग भन्छ दक्षिण छिमेकी, नेताहरु च-डा-उंछन तीनैलाई भेटी
राज्य छ कमजोर, जनता को बिवस्ता, यसतै बेला लाग्छ घरमा धमिरा

आए आप गये झटारो, चार कोसे झाडिमा लागी सक्यो आगो
सलाई छिमेकको, हांतहो कस्को,
जल्नदेउ मधेस, पारी छ घर उसको

अर्थ न बर्थ गोबिन्दा गाई , खोल्या छन् पार्टी धोती समाइ
घ-री घ-री गर्‍यो पहाडी मधेसी, लुटेरा उही हो यादव बिदेशी

पहिलो दोस्रो यो पाली तेस्रो, शाहीद हुने पालो गी मा चन्डे को
तीनका टुप्पी जनता को हांत, प-छारौ त यीनलाई लागी सक्यो मात
अन्तिम हो पङती सुर लगाउ, नयाँ नेपाल आँफै बनाउ :)
Last edited: 10-Feb-09 01:46 AM
Read Full Discussion Thread for this article