Posted by: fucheketo February 9, 2009
क्यान्भास कोरिन्छ क्यान्भास मेटिन्छ
Login in to Rate this Post:     0       ?        

रंगहरुको समायोजन यसपालि अद्वितिय थियो । नहोस् पनि कसरी म जे जन्माउँदैछु
त्यो तस्विर युगमा जन्मिन्छ म नभेटिकन नै कसैलाई बुझ्दैछु उसका मुस्कानहरु सँग
खेल्दैछु उसका रहस्यहरुलाई पत्रपत्र उक्काउँदैछु । उ थोपा थोपा मा पग्लिँदैछे मेरा
आकारहरु मा !!!!

मैले ब्रश टक्क रोके अनि चित्रको परिधि भन्दा बाहिर राखेँ यसपालि उजेलिएको थियो क्यान्भास र मैले उसको केशराशि बनाईसकेको थिएँ उसको गोलो अनुहार लाई ठाउँ छोडेर ।उजेलिएको क्यान्भासमा उसको कालो कपाल उसको कल्पनामा बिताएको यो रात जत्तिकै बाक्लो थियो ।
मैले उसको आग्रहमा पनि उसको अनुहार कोर्नै पर्ने थियो जुन मेरो यात्राको रोमान्चकता थियो । मलाई एउटा मात्र कुरा उसको अनुहारको बारेमा थाहा छ के भने उसको आँखा का परेलीहरु लामा र आँखा गहिरो छ ।कुनै जंगल विच छोपिएर बसेको कसैको आँखा नपरेको तलाउ जस्तो । किन कि उसले मलाई त्यसमा डुबाउने आँट गरेकी छे । उसलाई थाहा छ जब म उसका आँखा हरुमा हराउँदै जानेछु म अरु कुराहरु बिर्सिँदै जानेछु मलाई आफ्नो अस्तित्व भन्दा पनि उसको चित्रमा कोरिएको उसको आँखा प्यारो लाग्नेछ  र त उ उघारिइन खोजेकी थिई चित्रमा।

 उसको फोनको घण्टि बज्यो!!!!मैले दोस्रो घण्टिको मौका दिइन !!!!!

के गर्दैछौ ?
अहिले अडिएको छु मलाई डुबाउने आँखाको खोजिमाँ!!!
उ मुस्कुराई !सन्तुष्ट थिई उ ।। हरेक स्त्रिचरित्रलाई प्रशंसा मन पर्छ । म त उसको प्रशंसाको पहाड बनाउँदैछु ।
कति कोरिएँ त म ?
भन्दैछु नि आँखाको खोजिमा छु !
कस्तो छ त मेरो आँखा ?
पक्कै पनि गहिरो ,कसैलाई बगाउन सक्ने लहरहरु भएको !!!एउटा सिंगो समुन्द्रको शक्ति भएको
तिमी मेरो धेरै तारिफ गर्छौ मलाई सामान्य बनाउन किन चाहन्नौ  !

उसले थोरै आपत्ति जनाई । त्यो उसको आपत्ति नै त पक्कै पनि होईन होला । मनको बोलि नसुनिएँ पनि उ पक्कै पनि खुशि थिई । उ मेरो मुखबाट पक्कै पनि अरु तारिफ सुन्न चाहन्थी । जसरि मेरा चित्रबाट उसले मलाई चिनिरहेकी थिई म पनि बिस्तारि बिस्तारि मेरो कोठाको एकान्तमा उसलाई अनुभव गर्न थालेको थिएँ । हो मलाई चित्र बनाउन सजिलो हुँदै गएको थियो ।

कसले भन्छ तिमीलाई तिमी सामान्य छौ भनेर !!
मलाई आफुलाई लागेको मात्र हो , तर अब त म तिम्रै सोचलाई प्राथमिकता दिँदै छु नि त !
के थाहा तिमीले धेरै कुरा अझै लुकाएकै छौ !कुराकानि हलुका भइराखेकोले त्यहि मौका को फाइदा उठाउने प्रयास गरेँ ।
तिमीलाई म घमण्डि लाग्छ हो , जानी जानी कुराहरु लुकाउने ?
उ फेरि गम्भिर भइ शायद !! !!!!! म फोन बाट उसको अनुहारको भाव किन नियाल्न सक्दिन ?
लाग्दैन तर जब जब तिमी कुरा हरु लुकाउँछौ म फेरि हारे जस्तो लाग्छ !
को सँग ?म तिम्रो प्रतिद्वन्दि होईन !
मलाई थाहा छ शायद आँफै सँग !हेर तिम्रो लागि म आँफै सँग युद्द गर्दैछु । आँफै आफुसित क्रान्ति गर्छु ,फेरि आफुलाइ सम्झाउँछु आफु आफैसित वार्ता गर्छु फेरि झगडा पर्छ आँफैसँग
तिमी चित्र नकोर्ने भए पक्कै पनि लेखक हुन्थ्यौ । मलाई तिम्रो चित्र मात्र होईन तिम्रा शब्दहरु पनि मन पर्छन् । अब मलाई कोर्ने जिम्मा तिम्रै छ तिम्रो चित्रको अन्त्यको ब्यग्रताको साथ प्रतिक्षामा छु।
शायद आजको रात सम्पुर्ण रात !!!!

 उसले फोन राखि म आफ्नो कार्यमा ब्यस्त भएँ । उसको आँखा गहिरिँदै गयो म आफै बनाउँदै आफै त्यसमा हराउँदै गएँ । गोलो अनुहारमा उसको गहिरो आँखा ,मुस्कान छरिएको ओठ यसरि जडिदै गयो मानौँ मैले रंग मेरा ब्रशहरु बाट नभएर प्रक्रितिबाट सापटि लिएको छु ।चित्र जीवन्त हुँदै गयो । उ अब फोनबाट नभएर चित्रै बाट मलाई बोलाउँछे जस्तो लाग्यो । मैले उसलाई समय दिएको थिएँ उसको चित्रको अन्त्यको !!!! अब दुइघण्टा पछि उसले फोन गर्छु भनेकी थिई मलाई उसको रुपलाई अन्तिम
पोलिस दिनु थियो ।


मैले घोरिएर लगभग बनिईसकेको चित्रलाई हेरेँ चित्र लगभग लगभग तयार थियो । सोचेँ अब बनिइसकेकि छे उ ,कोरिइसकेकी छे उ !!!!मैले दिनरात एक गरेको छु यो चित्र को समाप्तिमा !!!!!
उसको चित्र को अन्त्य मैले सम्पुर्ण रुपमा उसलाइ चिनेको कुराको एउटा प्रमाण हो । जसलाइ उ मेरो हातबाट प्रमाणित गर्न चाहन्छे । यसपछि न उ आफ्ना बारेमा बताउँदै टाढैबाट भएपनि म सँग घण्टौ बिताउनेछे  न म उसलाई उसको बारेमा सोध्न सक्नेछु । यो चित्र को अन्त्य हामी विच बितिसकेको समयको परिणाम हो । जति जति यो समय बढ्दै जानेछ त्यति त्यति यो चित्र खारिँदै जानेछ ।

के अपुर्ण छोडुँ त यो अद्वितिय कलालाई म ?

यो कला होइन ,यो मेरो साधना हो ,यसको अपुर्णता मेरो जीवन हो , जब सम्म उ बनिइसक्दिन तबसम्म उसमा सीमा छैन कुनै उ फैलिन सक्छे सम्पुर्ण आकाश भरी तर जब यो चित्र पुर्ण हुनेछ म उसलाइ आकार दिँदैछु , म उसका सिमाहरु तोक्दैछु । होला उ म बाट पुर्णता चाहन्छे तर मलाई त उसको अपुर्णता मन परेको हो ।
मैले निर्क्यौल गरेँ म उ सँग माफि माग्नेछु । म सँधै तिम्रो चित्रमा केहि न केहि थपिरहन चाहन्छु । मैले आज पनि पुर्णता पाइन भनेर भन्नेछु । मैले घडि हेरेँ अब करिब पन्ध्र मिनट बाँकि थियो । अनि फोनको घण्टि हेरेँ मानौँ बर्षौ देखि म त्यसको प्रतिक्षामा छु !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

मलाई समाप्त लेख्न मन छैन ।म यो कथामा पुर्णता चाहन्न म
चाहन्छु म लेखिरहुँ लेखिरहुँ !!!!!!!!!

 



 

Last edited: 09-Feb-09 05:48 AM
Read Full Discussion Thread for this article