Posted by: fucheketo February 6, 2009
क्यान्भास कोरिन्छ क्यान्भास मेटिन्छ
Login in to Rate this Post:     0       ?        

मैले धेरै बेर सोचेँ , घोरिएर सोचेँ अब के हो त उसको आक्रिति को शुरुवात ,ब्रश रंगमा नचोबिकन नै मेरो हातमा गोल गोल घुमिरहेको थियो मानौँ उ पनि म जत्तिकै ब्याकुल छ उनको चित्र बनाउन मेरी नयाँ कला उनी जसलाई आफ्नो नाममा खासै गर्व छैन , उ आफ्नो नाम लुकाउन चाहन्छे तर आफ्नो  अस्तित्व म बाट कोराउन चाहन्छे किन थाहा छैन , उ पोतिन चाहन्छे मेरै ब्रशहरुबाट तर आफु म बाट लुक्न चाहन्छे किन थाहा छैन । मलाई मात्र यति थाहा छ ,उसले आफु जस्तै धेरै रहस्य हरु म बाट लुकाउन चाहन्छे तर पनि म उसलाई बुझुँ भन्ने चाहन्छे ।उसको खुलापन र उसको लुकाइएको पाटो एकै सिक्काका दुई पाटाहरु हुन् जसलाई मैले एउटै चित्रमा उतार्नु पर्ने हुन्छ । मैले धेरै बेर उसलाई खेलाएँ ।

मैले घुम्रिएको कालो लामो कपाल रोजेँ उसको लागि किन थाहा छैन ।शायद मलाइ घुम्रिएको कपाल मन पर्छ र रहस्य पनि । उसको कपालले मेरो पहिलो नजर पर्दा उसको अनुहार किन छोप्यो थाहा छैन । मलाई लाग्छ आँखामा पारदर्शिता हुन्छ र जब चित्र मा आँखा खोलिन्छ तब त्यो चित्रमा रहस्य कोर्न सकिँदैन । म लियोनार्दो दा भिन्चि होईन जसले मुस्कानमा रहस्य लुकाए । म देखिरहेको छैन उसका आँखाहरु । म मात्र उसको लामो घुम्रिएको कपालले छोपेको उसको अनुहार देखिरहेको छु । जो पहेँलो मैनबत्तिको धिपधिपे प्रकाश मा देखिँदै मेटिँदै गर्छ । हो मैले पाएँ विषय ,   नाम नभएकी मेरी प्रशंसक लाई राख्ने कोठा । हुन त म उसलाई मुटुमैँ बसाउन पनि सक्छु तर उसको लागि यो त्यस्तो कोठा होस् जसमा मैनबत्तिको धिपधिपे प्रकाश पर बाट बल्दै निभ्दै गर्नेछ  । अँध्यारो उसका रहस्यहरु लुकाउनेछ र मैन बत्ति उसका देखाउने पाटाहरु देखाउने छ । मेरा ब्रश हरु एकाएक उठे हलुका पहेँलो रंग कालो छायाँ मा धसिनलाई !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!


   मैले उसलाई थोरै थोरै गर्दै चिन्न बाँकि थियो । म उसका शब्द शब्द लाई तौलिन चाहन्थेँ उसलाई चिन्नलाई त्यसकारण उसको आक्रिति उभिने भाग मात्र पोतियो । उसको अनुहार अझै छोपिएको थियो । तर उसले मलाई बेलुका फोन गर्छु भनेकी पनि त थिई ।

 फोन को घण्टी बज्यो । मेरा हात हरु अधैर्य भएर लम्किसकेको भए पनि म थोरै अडिएँ । म उसलाई देखाउन चाहन्थेँ म उसको फोन पर्खिएर बसिरहेको छैन पेन्टिंग रोकेर !!!!!

फोन उठाउन किन ढिलो ?
तिम्रै चित्रमा ब्यस्त थिएँ ! मैले उसलाई ढाँट्न खोजे ।
किन ढाँट्छौ ?तिमी अझै मलाई चिन्न खोज्दै छौ !!! तिम्रो ब्रशले मेरो लागि मात्र पर्याप्त ठाउँ बनाइसके होला जहाँ म अट्न सकुँ !!!!!!!! उ हाँसी । मलाइ लाग्यो त्यो हाँसो म माथी थियो ।
आखिर तिमी सावित के गर्न चाहन्छौ ? म त्यसलाई आश्चर्य भनौँ वा आवेग भनौँ । म उसमाथि रिसाउन त पक्कै पनि सक्दिन किनकि पहिलो दिनमैँ मनमा कब्जा जमाउनेलाई रिसले हराउन सकिँदैन ।

मैले मात्र तिमीलाई त्यो बन्ने प्रयत्न नगर जो तिमी होईनौ भन्न मात्र खोजेको हुँ ।
तिमी आफ्नो नाम किन बताउन्नौ ? शायद म उसँग उसको परिचयको भिख माग्दै थिए । त्यो म हैन मेरो विवशता बोल्दै थियो ।
नाम मा के नै राखेको छ र ? उसले फेरि कुरा बंग्याई । किन राखेको छैन नाममा उसको नामको

चर्चा दोस्रो चोटि भइसक्यो उ किन बुझ्दिन !!!!

केहि छैन छन त !!!मैले दोस्रो चोटि आत्मसमर्पण गरेँ ।
पर्ख न भख्खर त दुई चोटी भयो ।  
उ फेरि हाँसी । हाँसो स्वच्छन्द थियो ,नशालु थियो गुलाबी थियो । उ पक्कै मुस्कानकी धनी हुनु पर्छ । यस्तो मुस्कान जसले रितु हरु माथि नै आधिपत्य जमाओस् । शिशिरको सिरेटोको विचमा बसन्त छरोस् ।  उसको मुस्कान उसका ओठ ओठमा छरिएको हुनुपर्छ उसको शालिनता उसको अनुहार ले झल्काए पनि । तर कसरी झल्काओस् उसको शालिनता उसको अनुहारले त्यो त अझै पनि उसको कपालले छोपिरहेको छ । उ किन पर्दा उठाउँदिन आफ्नो अनुहार बाट ???? म उसको अनुहार हेर्न चाहन्छु एक पटक लाई मात्रै भए पनि उ निश्छल ,निष्कपट छे छैन जाँच्न चाहन्छु । जसरि उसले मेरो झुट मेरो बिवशता सम्म बुझेकी छे म पनि उसको पारंगतता नाप्न चाहन्छु मेरो चित्रमा उतार्न चाहन्छु । उ पक्कै पनि सरल छैन । उ अझै गहिरिँदै जाने छे ।
कता हरायौ ? दोस्रो भेटमा मात्र ओठ किन तिमी यति ढिलासुस्ति गरिरहेको छौ मेरो चित्रमा ?
उ नभनिकन मेरा मनका कुरा हरु बुझिदिन्छे मानौँ मेरो मनले म भन्दा पहिले उ सँग सल्लाह गर्छ । साँच्चै मेरो मन बेइमानी भएको छ ।
तिमी सँग केहि लुकाउन सक्दिन मैले स्विकारेँ !मैले हारेर जवाफ फर्काएँ ।
म पनि !! कहिले काहिँ तिमि आफ्ना चिन्ने आँखा हरुलाई विश्वास गर्दैनौ ,जति म तिमीलाई विश्वास गर्छु त्यति तिमी आँफैमा गर्दैनौ !!
किन ?

तिमी बाट कोरिन चाहन्छु , म पुर्ण हुन चाहन्छु तिमी मेरो किन आधा आकृति बनाउन
खोज्छौ किन आधा आकृतिलाई लुकाउन खोज्छौ ? तिमी मेरो अनुहार किन खोज्दैनौ ? तिमी
सक्छौ भने मेरो केश उठाउने प्रयास गर ,अनि त म कोरिनेछु ।

शायद तिमी ठिक भन्छौ !
सँधै ठिक नै भन्छु ,तिमी अझै म बाट केहि खोजिरहेको होलाउ !
के ?
मेरो नाम हाहाहाहा!!!!
 उ फेरि एउटा मधुर हाँसो हाँसी फोन तरंगित भयो उसले फोन राखेको मैले यता बाट सुनेँ ।

   उसले भनेको ठीक थियो मैले रोजेको क्यान्भास पहेँलो प्रकाश भए पनि अँध्यारिएको थियो । म कसरि उसलाई यो तिमी हौ भनेर देखाउ जहाँ म नै केहि देख्न सकिरहेको छैन । क्यान्भासको भित्तो
उज्यालो हुनै पर्छ मैले मनमनैँ सोचेँ । मैले हिजो देखि बनाएको भित्तो हटाएँ । अनि सोचेँ बिहानी बिस्तारै बिस्तारै लालिमा छर्दैछ अवश्यम्भावि रातको वास्ता नगरी । उसको मुस्कान जस्तै उ सँधै फोन मा यसरि नै हाँसि रहोस् । थोरै रातो रंगलाई पहेँलो मा मिसाए ब्रश चोबेँ बाहिर निकालेँ अनि ब्रश लाई नियाँले रंग को थोपा थोपा कण कण मा एउटा रहस्य पोतिएको थियो , उन्माद थियो , स्वच्छन्दता थपिएको थियो नशा चढेको थियो उसमा जस्तै । हो उ पोतिन चाहन्छे ,कोरिन चाहन्छे उ लुकेर नै भए पनि दुनियाँ को सामु देखिन चाहन्छै पोखिन चाहन्छे !!!!!!!!!!!!!!!!!!!


क्रमश:

 



 



 

Last edited: 06-Feb-09 05:53 AM
Read Full Discussion Thread for this article