Posted by: hos_prasad February 6, 2009
मर्न नसकेको गिरिजा कोइराला
Login in to Rate this Post:     0       ?        
कहिले काही नेपाल का नेता हरु को कुरा सुनेर अचम्म लाग्छ। आज गिरिजा प्रसाद ले आज अन्तरराष्ट्रिय पत्रकार को तोली लाई भेट गर्दा ॠषि धमला को कुरा गर्न चुकेनन। हुन पनि धमला नेपाली कांग्रेस सँग नजिक छ भन्ने बुझिन्छ। गिरिजा को भनाइ अनुसार धमला दिर्दोश छन रे! उस्लाई माओवादी ले फशाउन खोजेको रे ! मलाई लाग्छ नेपाल मा यस्तै काम नलाग्ने नेता हरु को सुप्पोर्त पाएर मुर्ती तस्कर, देश द्रोही(रिशी धमला) हरु ले सजिलै उम्कन पाउछन। वास्तव मा गिरिजा जस्तो नेता भएर त कानुन को निर्णय पर्खिनु पर्ने हो नि ! आफुलाई नेपाली कांग्रेस को सभापति भन्ने मान्छे ले यस्तो बोलेको मलाई चित्त बुझेन। तल समाचार पढ्नु होस्। माध्यम: दैनिकी डेली
बलराम बानियाँ, काठमाडौं, माघ २४

प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालाई सरकारले नियोजित रुपमा फसाएको दाबी गरेका छन्। राजधानीको महाराजगन्जस्थित निवासमा कोइरालाले नेपालमा प्रेस र संचारकर्मीले भोगिरहेको अवस्थाको अध्ययन गर्न आएको अन्तर्राष्ट्रिय मिसन र नेपाल पत्रकार महासंघका प्रतिनिधिसित कुराकानी गर्दै त्यस्तो दाबी गरेका हुन्।

´सरकारले ऊसलाई (ऋषि धमलालाई) लगाएको मुद्दा ´फेब्रिकेटेड´ (नियोजित) हो। वर्तमान सरकार र सत्ताको नेतृत्व गरिरहेको पार्टी माओवादीले पत्रकारको हत्या धम्की यातना र अपहरणका घटना बारम्बार गरिरहेको छ´ कोइरालाको भनाइ उद्धृत गर्दै भेटवार्ताका एक सहभागीले दैनिकीडटकमसित भने।
Read Full Discussion Thread for this article