Posted by: norton February 5, 2009
~ * चौतारी १३९ *~
Login in to Rate this Post:     0       ?        
चिप्लेले डेन्टिस्टको कुरा निकालेर फेरी अर्को कुरा सम्झिएँ।
स्कुल पढ्दा कहिले डेन्टल एन्स्योरेन्स किनिएन। नेपालमा छँदा कहिले डेन्टिस्टको मा गैएन।
काम पाये पछी अड्डाले डेन्टल कभर गरे पछी मलाई पनि सुर चड्यो दन्त चिकित्सकको अनुहार हेर्ने। आखिर सित्तैमा पाउदा पनि किन नजानु हैन। त्यती खेर मेरा दाँत पनि हेरी सक्नुको थिएन। जन्डिस लाग्या जस्तो के। डेन्टिस्ट ले त के हेर्नु, त्यो गधाको सहायिकाले एक एक दाँतको फोटु खिची। साह्रै बिजोगी फोटु हरु पो आयो त। त्यस मध्धे पनि सबै भन्दा घिन लाग्दो फोटु छानेर मलाई सोध्छे, " can I keep this picture for display? just to let people see how bad their teeth can get if they don't regualarly maintain." रे। मुखैमा प्वाक्क हानौ जस्तो।
Read Full Discussion Thread for this article