Posted by: mysteryman2055 February 5, 2009
पत्रकार ऋषि धमला गिरफ्तार
Login in to Rate this Post:     0       ?        
के चाँही हुन्छ र अब ? बिडम्बना यही त छ । बबन सिंह जस्ता डाँका हरु हाम्रो देश मा खुले आम हिड्छन । अस्ती भर्खर एउटा ब्यापारी लाई मारेको केस मा थुना मा परेर ३ दिन भित्र निस्कियो । त्यस्पछी के भयो त खोइ ? बबन सिंह फेरी जेल गयो कि गएन ? कस्लाई के मतलब ? हो त्यस्तै गरेर, धमला ज्यु पनि केही दिन मै धरौटी मा छुट्नुहुन्छ अनी फेरी उही हो ।
राहुल दाई ले दिएको तर्कलाई गलत तरिका ले बिस्लेशण गर्नु उचित हुन्न जस्तो लाग्छ मलाई । उहाले कतै पनि ॠषि धमला ले ठीक गर्‍यो भन्नु भको छैन । जब धमला लाई केस नै लाउनु छ भने सही तरिका ले लगाउनु पर्‍यो भनेको मात्र हो । के धमला लाई हात हतियार सँग भेट्या हो र उस्लाई हात्-हतियार सम्बन्धी ऐन लगाउनु । र, यदी त्यसो गरिन्छ भने खुलेआम हतियार बोकेर हिंड्ने पनि छन, तिनी हरुलाई पनि त त्यही ऐन लाउनु पर्‍यो नि ।
जे होस, केही गरी २-३ हफ्ता मा ॠषि धमला छुटेर फेरी रिपोर्टस क्लब मा नेताहरु को छेउ मा उभिएर बसेको फोटो देख्न पाएमा म आस्चर्य हुने छुइन ।
Read Full Discussion Thread for this article