Posted by: Birkhe_Maila February 3, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

लहरे- "निरु, ए! निरु!, यता हेरन!"


निरन्जना- " छ्या हेर्दिन यस्तो छ्याके मान्छेलाई!"


लहरे- "हेरन मोरी गाला पो छ्याके त मन त चिल्लो छ नि!"


निरन्जना- "उस् मन चिल्लो भएर के गर्नु सुल्लपिच्चा खेल्नु?"


लहरे-"हे हे हे, खेले हुन्छ नि मोरी मेरो मनमा सुल्लपिच्चा!"


निरन्जना-" अब त्यहि बाँकि छ,.....भन न तिम्रो यो गालामा कसले टोकेर छ्याके भाको?"


लहरे-" कसैले टोकेर हैन मोरी, यो त तिमीलाई भेट्न भनेर डन्डिफोर निचोर्दा छ्याके भाको!"


निरन्जना-"छ्या तिमी त डन्डिफोरे पनि रहेछौ!"


लहरे- "डन्डिफोरे भएर के भयो त यो त जवानीमा सबैलाई आउँछ नि!"


निरन्जना- "उस् सबैलाई आउँछ रे फेरि, ....मलाई खै आएको?


लहरे-" हे हे हे गाला दलेर सारिदिउँ?"


निरन्जना- " छ्याssss उता जा काले!"


लहरे- " ल के भयो, माया लागेपछि डन्डिफोर भएको गाला पनि चिल्लो लाग्छ क्या मोरि!"


निरन्जना- " मलाई त पहिले नै चिल्लो अनुहार भएकोसंग माया लाग्छ!"


लहरे-"त्यसोभए तिमी मलाई माया गर्दैनौ?"


निरन्जना-" गर्दिन म त ऊ त्यो पर उभिएको चिल्लो केटालाई माया गर्छु!"


लहरे- (पर उभिएर मुसुमुसु हाँस्दै गरेको रिट्ठेलाई देख्दै) हँ?


निरन्जना- "अँ"


jpt

Read Full Discussion Thread for this article