Posted by: naivelyStupid February 3, 2009
पत्रकार ऋषि धमला गिरफ्तार
Login in to Rate this Post:     0       ?        

काठमाडौं, माघ २१ (दैनिकी)- रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमला मंगलबार अपरान्ह गिरफ्तार भएका छन्। नेपाल प्रहरीले उनलाई अपरान्ह चारबजे पछि रिपोर्टर्स क्लबबाट गिरफ्तार गरिएको काठमाडौं प्रहरी परिसर हनुमानढोकाले जनाएको छ।
सरकारवादी मुद्दामा उनलाई गिरफ्तार गरिएको परिसरका प्रमुख प्रहरी  नवराज सिलवालले जानकारी दिएका छन्। उनको कुन घटनामा संलग्न हो भन्ने विषयमा प्रहरीले बताइसकेको छैन।
उनलाई अनुसन्धानका लागि हिरासतमा राखिएको सिलवालले बताएका छन्। दुई जना अनलाइन पत्रकार समातिएका भोलिपल्ट उनी पक्राउ परेका हुन्।


उनलाई पक्राउ गर्न १५ जना प्रहरी सिभिल ड्रेसमा आएका थिए।

Read Full Discussion Thread for this article