Posted by: Geology Tiger January 31, 2009
ankha ankha boli rahe ontha le bolnai sakena
Login in to Rate this Post:     0       ?        

 


त्रिलोचना,
 
मान्छेको माया यहाँ खोलाको पानी जस्तो
किनारलाई छोइ भाग्ने लहरको बानी जस्तो
मान्छेको माया यहाँ आँखाको नानी जस्तो
यो रात भगाई आउने सुन्दर बिहानी जस्तो


माया त जोबनको आवेस मात्र नै हो
तिर्खाको राम्रो अर्को एक भेश मात्र नै हो
तिम्रो हेराइमा केबल आँखा छ, मुटु छैन
तिम्रो बोलाइमा स्वच्छ धुकधुकी केही छैन
 
मान्छेको माया यहाँ खोलाको पानी जस्तो
किनारलाई छोइ भाग्ने लहरको बानी जस्तो


मायाको बिशालता यो आकाशधर्ति नै हो
माया त सत्य सुन्दर आत्माको मुर्तिनै हो
तिमी पानीलाई आकार दिने कोसिस नगर
तिमी हावालाई सब भाब दिने कोसिस नगर


मान्छेको माया यहाँ खोलाको पानी जस्तो
किनारलाई छोइ भाग्ने लहरको बानी जस्तो


धन्यवाद!


 

Read Full Discussion Thread for this article