Posted by: hyperthread January 29, 2009
Good News from Nepal
Login in to Rate this Post:     0       ?        

तामाकोसी ४५६ मेगावाटको बन्ने


 स्रोत: कान्तिपुर | 28 January 2009 7:39 am




बहुचर्चित माथिल्लो तामाकोसी आयोजनाको क्षमता बढाएर अब ४ सय ५६ मेगावाट
पुर्‍याइने भएको छ । करिब ३ अर्ब रुपैयाँ मात्र लगानी बढाएर आयोजनाबाट थप
१ सय ४७ मेगावाट बिजुली उत्पादन गरिने भएको हो । यसरी उत्पादित बिजुली
सबैभन्दा सस्तो हुनेछ ।


तीन अर्ब रुपैयाँ लगानी थप्दा तल्लो मस्र्याङ्दीले
भन्दा धेरै उत्पादन हुने देखिएपछि माथिल्लो तामाकोसीको जडित क्ष्ामता
बढाउने निर्णय भएको आयोजना निर्देशक मृगेन्द्रबहादुर श्रेष्ठले जनाए ।
यसअघि यो आयोजनाको क्षमता ३ सय ९ मेगावाट थियो ।


क्षमता बढेपछि निर्माण अवधिको ब्याजसहित यसको कुल लागत
४२ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । त्यसमध्ये ३० अर्ब ऋण र १२ अर्ब
स्वपुँजी -इक्विटी) हुनेछ । टेन्डर गर्दा कुल लागत अझ ३० प्रतिशत घट्ने
अनुमान छ । त्यसरी घटे कुल लागत ३२ अर्ब हुनेछ ।


यो लागतमा प्रतिकिलोवाट उत्पादन गर्न एक हजार अमेरिकी
डलर लाग्नेछ । पछिल्लो पटक उत्पादनमा आएको मध्यमस्र्याङ्दीको प्रतिकिलोवाट
लागत ५ हजार अमेरिकी डलर छ ।


मुलुकमा २ हजार डलरभन्दा कममा उत्पादन भएको जलविद्युत्
आयोजना ‘सस्तो’ मानिन्छ । यसअघि सबैभन्दा सस्तो मानिएको चिलिमेको लागत १६
सय डलर थियो । देशकै ठूलो १ सय ४४ मेगावाटको कालीगण्डकी एको लागत ३५ सय
अमेरिकी डलर थियो ।


क्षमता बढाउँदा माथिल्लो तामाकोसीबाट वाषिर्क थप ४७
करोड युनिट बिजुली उत्पादन हुनेछ । ३ सय ९ मेगावाट क्ष्ामताको हुँदा एक
अर्ब ७७ करोड युनिट मात्र उत्पादन हुने अनुमान थियो ।


‘तामाकोसीमा ४ करोड डलर थप्दा मस्र्याङ्दीसरह उत्पादन
हुने भयो,’ श्रेष्ठले मंगलबार कान्तिपुरसित भने, ‘योजत्तिको सस्तो आयोजना
न यसअघि बनेका थिए, न पछि बन्नेछ ।’


Read Full Discussion Thread for this article