Posted by: chipledhunga January 29, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

गल्ती हजार हुन्चन् यहाँ होश हराएको बेला
एक्लै तिमी नआउ म मात्तिएको बेला

अपरान्हको जदौ सबैलाई।

बाउचा, रक्सौलबाट अनेक थरी मकुन्डो ल्याउँछ भन्सार छलेर, अनि मकुन्डो फेरि फेरि चौतारीमा आँउछ, अझ मकुन्डो लगाएर आएको होइन भन्छ।
दीपू, तिमीलाई धेरै दिनको एक मुष्ठ हाइ हेल्लो नमस्कार।
ठुल्दाइ, अड्डा आएपछिको चिलिम ब्रेक भयो त?
पूरे, हरेश खान भएन है नेपालीमा लेख्ने कुरामा चहिँ। जसरी भए पनि शुद्धसँग लेख्नु पर्‍यो। नत्र शंका गर्न थाल्छन् imperfectionist ले perfectionist को मकुन्डो लगाएर आयो भनेर।
पर्वत्या माड्साब, गृह प्रशासन अलि चुस्त पार्नु पर्‍यो। त्यसपछि सदस्यता पनि मिल्छ अनि याइस्याल पनि तह लाग्छ।
रिट्ठे सर, बर्गर र अन्डा ज्यूनार भयो त?            
Read Full Discussion Thread for this article