Posted by: Rahuldai January 29, 2009
अखिल नेपाल कुखुरा संघ द्वारा आन्दोलनको घोषणा
Login in to Rate this Post:     0       ?        

लोल रिट्ठे लोल।


अखिल नेपाल कुखुरा चोर् संघ द्वारा आन्दोलन पारी एकबद्धता


हालै अखिल नेपाल कुखुरा संघद्वारा घोषित अघोषित आन्दोलन प्रति अखिल नेपाल कुखुरा चोर् संघ हार्दिक समर्थन गर्दछ। कुखुराहरु यसरी बर्ड फ्लु को नाम मा मारिंदा हाम्रो इमान्दार पेशा माथि नै कहिलेइ न आएको शंकट आइ परेको छ। बडो मुश्किलले २-४ कुखुरा चोरी बिक्री गर्न जांदा पनि बर्डफ्लु को डर ले हिजी अस्ती भन्दा चौठाइ मात्र भाउ दिने हुनाले सदियौं देखी चल्दै आएको यस पेशामा आश्रित करोडौं कुखुरा चोरका परिवारमा हतमुख जोड्ने समस्या आइपरेको छ।


देश लोकतन्त्र फ्लु ले जर्जर भएको बेला आम जनता को ध्यान र ज्ञान अन्त मोड्न बर्डफ्लु को हल्ला चलाएको चल्ला चल्ला लाई थाहा भएकै  कुरा हो। हाँस फ्लु, भाईंसी फ्लु , बङ्गुर फ्लु , खसी फ्लु न आइकन बर्ड फ्लु मात्र आउनु मा ठुलो षड्यन्त्र को गन्ध भेटिन्छ। 



 तसर्थ सरकार संग कुखुरा छोरा शंकटकाल तत्काल घोषणा गरी सम्पूर्ण पीडित जनको भरनपोषण को जिम्मा लिन जोरदार माग गर्दछ। निर्दोष कुखुराहरुको निर्मम हत्या को भ्रत्सना गर्दै आइन्दा यस्तो अमानबिय कार्य नगर्न नगराउन सम्बधित सबैमा सचेत गराइन्छ।


 


अध्यक्ष,
काले भाले कुखुरा चोर्।

Last edited: 29-Jan-09 01:18 PM
Read Full Discussion Thread for this article