Posted by: CHYAME KANCHA January 29, 2009
maobadi JANGALIS killed journalist Uma Singh- PROVED
Login in to Rate this Post:     0       ?        
 

उमाका हत्यारा सार्वजनिक


 स्रोत: अनलाइन ख़बर | 29 January 2009 1:16 pm


पत्रकार उमा सिंहको हत्याको तानाबाना बुनेका योजनाकारलाई धनुषा प्रहरीले सार्वजनिक गरेको छ ।


हत्या भएको १९ दिनपछि जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनको आयोजना गरी पत्रकार सिंहको हत्याका मुख्य योजनाकार उनको भाउजु ललितादेवी सिंह र नेकपा माओवादी सिराहाका नेता श्रवण यादवलाई सार्वजनिक गरेको छ । उनीहरुसंगै उमाका भतिजा एवं ललिताकी छोरा अभिषेक सिंहलाई पनि प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । प्रहरीका अनुसार पत्रकार उमा सिंहको हत्या गराउनका लागि भाउजु ललिताले तराई एकता परिषद्का स्वामीजी भनिने उमेश गोहिवार यादवसित डेढ लाखमा सौदा पक्का भएको र पहिलो खेपमा २५ हजार रुपियां दिएकी थिइन्।


ललितादेवी र श्रवणले स्वामीजीलाई प्रयोग गरी उमाको हत्या गराएको प्रहरीको ठम्याई छ । धनुषाका प्रहरी उपरिक्षक यादवराज खनालले बुवा, दाजुको अपहरण, सम्पतीको लागि पारिवारिक किचलो र हत्याको जिम्मेवारी लिएका संगठनवीच पत्रकार उमा सिंहको हत्याको इन्टर लिंक रहेको छ ।


एसपी खनालले तराई एकता परिषद्का नेमलाल पासवानको कमाण्डमा आएका हतियारधारी समूहले उमाको हत्या गरेको जानकारी दिनुभयो । पत्रकार उमाको हत्यामा सबैभन्दा पहिले पक्राउ पर्ने नेमलाल नै हुन्

Read Full Discussion Thread for this article