Posted by: Amazing January 28, 2009
Good News from Nepal
Login in to Rate this Post:     0       ?        

बहराइन एयर काठमाडौ आउने







 
काठमाडौं, माघ १५ (दैनिकी) -
खाडी राष्ट्र बहराइनको निजी वायुसेवा कम्पनी बहराइन एयरले आगामी फागुन २०
देखि नेपाल बहराइनबीच सिधा उडान गर्ने भएको छ। एक सय ६२ सीट क्षमताको
एयरबस ए ३२० मार्फत बहराइन एयरले काठमाडौं उडान सुरू गर्न लागेको
नेपालस्थित अधिकृत बिक्रेता जेनिथ ट्राभल्सले जनाएको छ।

जेनिथका अनुसार बहराइनले साताको मंगलबार, शुक्रबार र आइतबार काठमाडौं उडान
गर्ने छ। उक्त एयर बिहान १०:०५ मा काठमाडौं आएर १०:५० बजे फर्कने छ
ट्राभल्सले जनाएको छ। हवाई टिकट बुकिङ केही दिनभित्रै सुरू हुने छ। सस्तो
भाडादरमा उडान गर्ने कम्पनीको दाबी छ।



बहराइन एयरको काठमाडौं उडान सुरू भएपछि त्यहाँ काम गरिरहेका ५० हजार भन्दा
बढी नेपालीलाई प्रत्यक्ष फाइदा पुग्ने जेनिथले जनाएको छ। प्रतिसाता
यात्रुवाहक र कार्गो गरी दुबैमा २८ उडान भर्न पाउने गरी गत पुस १४ मा दुबै
देशबीच हवाई सम्झौता पुनरावलोकन भएको थियो।



बहराइन एयरलाई त्यहाँको सरकारले हालै उडान अनुमति दिएको थियो। नेपाल र
बहराइनबीच सन् १९९७ नोभेम्बरमा पहिलो पटक हवाई सेवा सम्झौता भएको थियो।
उक्त सम्झौता अनुसार दुबै देशका तोकिएका वायुसेवा कम्पनीले जुनसुकै
जहाजबाट प्रतिसाता १४ नियमित र कार्गो उडान गर्न पाउने उल्लेख थियो।
सम्झौता भए पनि हालसम्म पनि दुबै देशका कुनै पनि वायुसेवाले उडान गरेका
छैनन्।



गल्फ एयरले नेपाल बहराइन प्रतिसाता ११ उडान गरिरहेको छ। गल्फ एयर, बहराइन,
कतार, ओमान र संयुक्त अरब इमिरेट्स (युएइ) को संयुक्त लगानीमा सञ्चालित
वायुसेवा हो। सन् २००० मा कतार र २००२ मा युएइले गल्फबाट शेयर झिकेपछि हाल
बहराइन एयरलाइन्समा बहराइन र ओमानको संयुक्त लगानी छ।
www.dainikee.com
Read Full Discussion Thread for this article