Posted by: Amazing January 27, 2009
Good News from Nepal
Login in to Rate this Post:     0       ?        







2009-01-28 00:15:51


छ लेन सडक धमाधम




 
घण्टौं जाम हुने दूरी सात मिनेटमै !

सुन्दर खनाल/ दीपक दाहाल, काठमाडौ, माघ १४

तीनकुने
कोटेश्वरदेखि भक्तपुर सूर्यविनायकसम्म सवारी यात्रा गर्दा सकस मात्र
पाएकाहरुलाई एउटा उत्साहदायी खवर– दुई वर्षपछि त्यो यात्रा सात मिनेटमै तय
हुनेछ।
धमाधम पहिलो
चरणको निर्माणमा रहेको तीनकुने–सूर्यविनायक ६ लेन सडक प्रति घण्टा ८० किमी
सवारी हाँक्न सकिने गरि निर्माण हुँदैछ। त्यो हिसावमा ९ दशमलव १ किमीको
दूरी सात मिनेटमा पार हुन्छ।

 


तिनकुने क्षेत्रको सडकको
प्रारम्भबिन्दुको निर्माणमा संलग्न भइरहँदा भेटिएका सडक विभागका इन्जिनियर
सुनिल पौडेलले यस्तो तर्क गरेका हुन्।  


मोटरसाइकलमा न्यूरोडसम्म
धाएर बैंकको जागिर खाने दुवाकोट, भक्तपुरका विभूति न्यौपाने अरनिको
राजमार्गको यो खण्डमा हरेक दिन जाम र धक्कमधक्का खानुपरेको गुनासो गर्छन।




जापान
अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा सडक निर्माणपछि त्यसमा सवारी
अनुशासन परिपालन गराउने दायित्व नेपाल सरकारको हो। सरकारले प्रतिघन्टा ८०
किलोमिटरकै नियम नलगाए पनि संरचनाका कारण यो सडक मुलककै सवैभन्दा
सुविधाजनक हुनेमा प्राविधिकहरु निश्चिन्त छन्। 




गत मंसीरबाट सुरु यो सडकको
निर्माण कार्य ०६७ चैतमा सकिनेछ। निर्माण तीन चरणमा  हुनेछ। आगामी
चैतभित्र तीनकुनेदेखि मनोहरा पुल, चैतदेखि अर्को चैतभित्र सल्लाघारी
हनुमन्ते पुल र त्यसको एक वर्षमा सूर्यविनायकसम्म सडक निर्माण गरिसक्ने
योजना छ। 




सडक विभागका महानिर्देशक
तुलसीप्रसाद सिटौला यो सडकको निर्माण र सफल सन्चालनले मुलुकको यातायात
विकासको भविष्य इंगित गर्ने बताउँछन्। ´अहिले तीनकुने–सूर्यविनायक सडक
उपत्यकाभित्रकै बढी चाप भएका क्षेत्र भनेर पहिचान गरेका हौं´, उनी
भन्छन्–´सवारी अनुशासन कायम गराउन सकिएमा त्यही सडक अब नेपालकै नमूना
बन्नेछ।´


 

संरचना र सुविधा

तीनकुने–सूर्यविनायक सडकको
संरचना ६ लेनको भए पनि ´क्यारिजवे´ (सवारी गुड्ने भाग) चाँहि चार लेन
मात्र हुनेछ। दुइतिरका दुई–दुई लेनसँगै एउटा तीन मिटर लामो ´शोल्डर´ हुनेछ
जहाँ बिग्रेका गाडीहरु छेउ लगाउन मात्र पाइन्छ। मध्यभागमा ´मेडियन´ हुनेछ
जहाँ लमतन्ने बगैंचा रहनेछ। ´क्यारिजवे´ को निर्माण दोहोरो कालोपत्र हालेर
बनाइने र ´ शोल्डर´मा चाँहि एक तहको मात्र कालोपत्र हुनेछ। 




तीनकुनेदेखि
सूर्यविनायकसम्म सडकलाई सात वटा ´इन्टरसेक्सन´ले विभाजित गर्नेछ।
त्यहाँवाट शाखा बाटाहरु प्रबेश गर्न पाइनेछ। त्यसैगरी नयाँ सडकको दुवैतिर
अनुकुल हुने किसिमले स्थानीय प्रयोजन तथा न्युनतम गतिमा यात्रा गर्नका
लागि ´सर्भिस रोड´ बनाइनेछ। त्यसको जिम्मा नेपाल सरकारको हो। 




यसैगरी जडिवुटी, गठ्ठाघर,
थिमी, सल्लाघारी र सूर्यविनायक इन्टरसेक्सनलाई सुधार गरेर त्यहाँ हुने
सवारी चापलाई सहज पारिने इन्जिनियर सिटौलाले बताए। उनका अनुसार विभिन्न १४
स्थानमा विसौनी कायम गरिनेछ। दशकौंदेखि एकोहोरो सवारी भार खेपिरहेका
मनोहरा र हनुमन्ते खोलाको पुलको दुवैतिर दुई नयाँ समानान्तर पुल थपिनेछ। 




तीस महिनामा पूरा
गर्नुपर्ने निमार्णका लागि दिन र रात दुवै सत्रमा काम भइरहेको छ। बिहान ८
देखि साँझ ५ बजे र बेलुकी ९ देखि बिहान ५ बजेसम्म नियमित सवारी सन्चालनमा
असर नपर्ने गरी निर्माण कार्य भइरहेको इन्जिनियर सिटौलाले बताए। Source : www.dainikee.com
Read Full Discussion Thread for this article