Posted by: Birkhe_Maila January 27, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

भ्रान्तीपूर दैनीक


 


देशवासिको नाममा संदेश-


चौकपा खाओबादीका अध्यक्ष तथा परधान मुन्तरी अखन्डले, चौतारीमा संघर्षरत आफ्ना युवा समुह कालोस्याल यानि कि कट्टर ल्वाँगे सुटर्स लिग (के सि एल)को गतिबिधीमा चौतारीका जनताहरुको बिरोधलाई मध्यनजर राख्दै उक्त संगठनको नाम फेरेर कालोखस्याल कट्टर ल्वाँगे खतरा सुटर्स लिग (के सि सि एल) राख्ने निर्णय आज उनले देशवासीको नाममा गरेको संबोधनमा आफ्ना दुवै हातका हत्केला आफ्नो भरिएको भुँडिमा राख्दै औँला हल्लाउँदै गरेका छन्।


 


भगुतभाईको रोग निको-


चौतारीका कुनै जमानाका एक अत्यन्तै सकृय औतारी श्भगुतभाई भन्डारिलाई विगत २ वर्ष देखि लागेको एक्टयुट भाउते डन्डिफोर सिन्ड्रोम (ABDS) निको भएको समाचार छ। अत्यन्तै महीलाघातक यो रोग ठिक हुनुमा हालै भएको उनको विवाहलाई लिइएको छ। भगुतभाईलाई चौसस को शुभकामना।


 


टायर बालियो-


हालै रिलिज भएको भारतिय चलचित्रमा चलचित्रका एक नायकले हिन्दु धर्मग्रन्थ महाभारतमा भारतको कथा भएको कुरा व्यक्त गरेपछि, चौतारीका संवेदनशील युवा जमातले महाभारत चौतारीको कथा भएको र चलचित्रले संसारलाई दिग्भ्रमित पारेको आरोप लाउँदै अस्तिबाट उक्त चलचित्रको प्रदर्शनमा रोक लगाउनुका साथसाथै करिब एक ट्रक टायर जलाएर बिरोध गरेका छन्।


 


झुन्डेर मृत्यू


उपत्यकामा डेरा गरि बस्ने वर्ष २१कि सुन्तली नाम गरेकि एक युवती आफ्नो डेरामा हिजो मृत अवश्थामा फेला परेकि थिइन्। करिव २ वर्ष अगाडि उपत्यकामा काम गरेर रसुवाको कुनै गाउँमा रहेका परीवारका अरु सद्स्यहरुलाई सहयोग गर्ने तथा भाई पढाउने इच्छा लिएर आएकी निज युवती एक क्याबिन रेस्टुरेन्टमा काम गर्दै थिइन्। ४ दिन अघी पुलिस द्वारा हनुमानढोकामा सोधपुछका लागि लगिएकी निज युवतीलाई हिजो बिहान मात्र छोडिएको थियो।


 


सैनिकको मृत्यू


भारतिय गोर्खा राईफल्समा काम गर्ने एक सैनिको आज भिरबाट लडेर मृत्यु हुन पुगेको छ। उनि ५ बर्ष पछि घर फर्किरहेका थिए।


 


भारतमा अर्को नयाँ मेट्रो रेलवे संचालन


छिमेकी राष्ट्र भारतको अर्को एक शहर भारतपूरमा पनि हिजो बाट मेट्रो रेल संचालमा आएको छ।


 


शौचालय निर्माण


चौतारी देशको विकट हिमाली गाउँमा नर्वे द्वारा आर्थीक सहयोग पाएको एक एनजिओले २ वटा शौचालय निर्माण गरेको छ। नर्वेले नेपालको हिमाली गाउँहरुमा शौचालय निर्माणका लागि दिएको तीन लाख युरोको लागतमा उक्त शौचालय निर्माण गरिएको हो। संसारमा नै यति महँगो तथा सरल शौचालय बनाएर गजक्क परेका उक्त एन जि ओ का अध्यक्ष श्री मौकाराम चौकाले बत्तिसवटा दाँत देखाउँदै आफ्नै निवासको भव्य बैठकमा भेट्न आएका पत्रकारहरु संग उक्त कुरा बताउनुभयो।


 


वर्गिकृत बिज्ञापन


चाहियो- एक रेट्टुरेन्टको लागी ४ जना वेट्रेस चाहियो। उमेर १४-१८, साधारण लेखपढ गर्न जान्ने वा जान्दै नजान्ने भए पनि हुने। पोटिलो जिउ र चोटिलो मुस्कान भएकोले सम्पर्क राख्नुहोला। किस्नजी- ४२८२८४८४


विक्रीमा- चालु हालतको मोसा। हिरो होन्डा, मूल्य रु- २५००० मात्र, सम्पर्क- स्यान्डो ब्रो- ३४३४५३४३।


जग्गा विक्रिमा- तिनकुने सुबिधानगर नजिकै, मोटरबाटो भएको २ रोपनी जग्गा बिक्रिमा, काटेर पनि दिन सकिने। सम्पर्क- अनिलजी- ३०४३३४९३४, नोट- दलालले कस्ट नगर्नु होला।


आरोग्य अस्पताल- के तपाइँ गानो, गोला, वायू, शूल, ग्याँस्टिक, अमलपित्त, कमलपित्त, कृस्णपित्त, नपुंसकता, स्तन झुकेको, पुट्ठा सुकेको, ढाड खस्ने, पिलो आएको, चाया, डन्डिफोर, शिघ्रपतन, स्वप्नदोश, कफ, क्यान्सर तथा एड्स बाट पिडित हुनुहुन्छ? हुनुहुन्छ भने हामिलाई सम्झनुहोस, आरोग्य अस्पताल।


 


 

Read Full Discussion Thread for this article