प्लेनले ढिला गरेन । ३ नबज्दै सरोज जी बिराटनगर एयरपोर्टमा थिए । उनलाई लिने गाडी आइपुगेको थिएन । रिक्साको तानातानबाट उम्किएर उनि पारि पट्टिको खाजा खाने छाप्रोमा छिरे । गाडी आउन अझै समय थियो । पर्खिने विचार गरे । उसो त ओभरसियरलाई प्लनेमा हिड्ने सुविधा थिएन । पुराना भरपर्दा प्राविधिक, इच्छा विपरित सरुवामा परेकाले हाकिमले आनाकानि नगरी सहमति दिएका थिए ।
सरोज जी प्रशन्न देखिएका थिएनन् । चिया आइपुग्यो । चुरोट सल्लाएर उनि छाप्रोको झ्याल बाहिर टोलाउन थाले । उनका विचारहरु नियन्त्रित थिएनन् । चुरोट तनाई पनि ढिलो थियो । विचारहरु घरि यता खेल्थे घरि उता । चिया सकिन बाँकि नै थियो । एउटा लामो सर्को तानेर चुरोट निभाए, अनि बाहिर टहल्न थाले । अफिसको गाडि आई पुग्यो । झोला पछिल्तिर मिल्काएर उनि ड्राईभरसँगै को सिटमा बसे ।
‘नारायण जी कता हुनुहुन्छ?’
‘आउँछु भन्दै हुनुहुन्थ्यो, खोई कता फल्ट भएछ, हेर्ने थाल्नु भयो । अबेर होला भनेर म यता आंए ।‘
‘ए ए, अनि हाकिम साहेबहरु नि?’
‘१ जना सर काठमाण्डौं जानु भएको छ, अरु त यहि हुनुहुन्छ ।‘
गाडि कन्चनबारी हुंदै दुहबि तिर बढ्यो । सरोज जी झ्याल बाहिर एकोहोरिए ।
उनले विश्वास नै गरेका थिएनन् , हल्ला हल्ला मै सरुवा भयो । हाकिमले पनि त्यति राम्रो मान्थे, उनि त पर्दै नपर्नु पर्ने सरुवामा । ‘युनियनको राजनिति हो सबै । युनियन लाएर सरुवा गराएका हुन् ।‘ उनको शंका यहि थियो । ‘राजनिति गर्ने हरु नै अगाडि बढ्छन् यो देशमा । प्राधिकरण त्यसै डुबेको हो र! कति मजाको घर पाइक जागिर, देखी सहेनन् असति हरुले ।‘ साह्रै रिस उठेको थियो उनलाई ।
‘आखिर ओभरसियरमा काम गरेको ७ बर्ष भईसकेको थियो । कतै का. मु. दिएर पठाएका भए पनि पछि छोरो पढाउने खर्च बन्थ्यो नि । दुहबि पठाइ दिए , न केहि न केहि, सुख्खा तलब । मरिहत्ते गरेर त अब काम गर्दिन् । जसो तसो १ बर्ष कटाएर काज सरुवा भएपनि गराउँछु ।‘ गाडी दुहबी पुगिसकेकै थिएन् सरोज जी ले मनमनै अठोट गरिसकेका थिए । उनि अलिक हलुका भए ।
‘सर, एकै छिन है ।‘
दुहबीबजारमा ड्राईभरले ‘डवलमजा’ किने ।
‘सर लिने?’
खासै अम्मल नभएपनि उनलाई खान मन लाग्यो ।
‘डबलमजाको’ रन्को संगै गाडी दुहबीको विद्युत अफिस पुग्यो ।
नारायणजी अफिसमै रहेछन्, उनि आइपुगे ।
‘हेर्नु न लिन आउंला भन्दै थिए, सरले बोलाउनु भयो, अनि गाडी पठाईदिए । राम्रैसंग आइपुग्नु भयो नि?’
‘होईन, ठिकै छ । आईपुगिहाले नि ।‘ ड्राईभर र नारायणजीका कुरा बाझे पनि उनलाई त्यति अफ्ठ्यारो लागेन ।
नारायणजीका पछि लागेर उनि हाकिम भेट्न गए । औपचारीक भलाकुसारी पछि नारायणजीले उनलाई गेष्टहाउसमा पुर्याईदिए अनि बेलुका खानाको निम्तो संगै केहि समयलाई बिदा भए ।
गेष्ट हाउसमा कोहि थिएनन् । ‘हाकिम त चिनेकै हुन्, तर मान्छे अलि ठिटौले छन् ।‘ सरोज जीलाई कामको त्यस्तो पिरोलो थिएन । ‘डेरा खोज्न नारायण जीलाई नै भन्नु पर्ला ।‘ चुरोट सल्काउँदै उनले आफै संग सल्लाह गरे ।
६ बजि सकेको थिएन, नारायणजी मोटरसाईकलमा आईपुगे ।
‘तपाईलाई पनि उत्ति चल्दैन, मेरो पनि सासु आउनु भएको छ, बरु कुनै दिन सेकुवा खान बिराटनगर जाउँला आज सोझै जाउँ है?’ नारायणजीले आफ्नो समस्या राखे ।
‘होईन पर्दैन, अचेल छोडिएको छ, खासै खान्न ।‘
४ बर्ष संगै काम गरेका हुनाले नारायणजीको परिवार चिनेकै थियो । खासै अफ्ठ्यारो भएन । यता उताका हाल खबर पछि सरोजले बिस्तारै डेराको कुरा उप्काए । तर नारायणले बीचैमा कुरा काटे ।
‘हेर्नुस, डेरा खोज्न पर्दैन । त्यो अर्को चाहि ईन्जिनियर छ नि, त्यसको सरुवा भइसकेको छ , काम कुरो मिलाएर २०-२५ दिनमा रवाना बुझ्छ होला, त्यतिन्जेल गेष्टहाउसमै बस्नुस, अनि क्वाटर्रमा सर्नु होला ।‘
‘हाकिमले देलान र?’
‘नदिएर हुन्छ? एक वचन सोधौला, नमाने हामीले जानेको छ । सोझो भएर संधै पेलिन हुन्न सरोज जी ‘
‘कुरो त ठिकै हो तर खै?’
‘ होईन दाजु, यी हाकिम नरम नै छन् ।‘ नारायणकि दुलाहिले पनि कुरा थपिन् ।
सरोज भलादमी र भरपर्दा मान्छे थिए । सगै बस्दा नारायणलाई राम्रो सहयोग गरेका थिए । काम मा पनि पारिवारि रुपमा पनि । सरोजको गैर मनासिव सरुवा र त्यसबाट परेको असर उनका हितैषीलाई थाह थियो । नारायण त झन नजिक का मान्छे।
सरोज केहि दिन गेष्टहाउस मा नै बसे । पढाइको बेला को कुरा अलग, तर बिहेबारि पछि उनि सधै जहान सँगै बसेका मान्छे । यता उताको खासै अम्मल नलिएका, आचरंणमा बसेका । तराईको पानी पचाउन सकेनन्, बजारको खाना ले सरोजलाई राम्रो गरेन । रुचि पनि भएन । साथी भनेका नारायण जी नै थिए दुखेसो पोखे, राम्रो खाने ठाउँको बन्दोबस्त गरिदिनु पर्यो भनेर ।
‘एउटा ठाउँ त छ, तर एक चोटि नसोधि हुदैन । पहिले म कुरा गर्छु अनि तपाईलाई भनौला है!’
नारायणजीले झिनो आशा देखाए ।
………….क्रमश:
meaninglessthinkings@somewhereondearth