Posted by: Slackdemic January 25, 2009
Baburam Bhattarai- Is he good or what?
Login in to Rate this Post:     0       ?        

 From   http://www.baburambhattarai.com/detail.php?article_id=62&cat_id=16 :



काठमाण्डौं, पुस २९ : सरकारी खर्चमा मितव्ययिता कायम गर्न सरकारले निर्देशिका जारी गरे पश्चात आज अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईले आफूलाई गृह मन्त्रालयले दिएको बा १ झ ८२२२ नम्बरको किया कार फिर्ता गर्नु भएको छ ।


मन्त्री भट्टराईले आज यो गाडी गृह मन्त्रालयमा फिर्ता गर्नु भएको हो । भट्टराई मन्त्री भएर पद तथा गोपनीयताको सपथ लिएका दिन यो गाडी गृह मन्त्रालयले उपलव्ध गराएको थियो । गृह मन्त्रालयले यो कार हरेक मन्त्रीलाई उपलव्ध गराउँदै आएको छ । अधिकांश मन्त्रीहरुले दुई दुई वटा सरकारी गाडी प्रयोग गरिरहेका छन् ।


भट्टराई अहिले एउटा मात्र बा १ झ ७९१४ नम्बरको गाडी प्रयोग गर्नु हुन्छ । यो गाडी यस अघिका अर्थमन्त्री डाक्टर रामशरण महतले प्रयोग गर्नु भएको थियो ।


यस अघि पनि नेता भट्टराईले अमेरिकामा विश्व बैंकको सम्मेलनमा भाग लिन जाँदा खर्च विश्व वैंकले नै वेहोरेका कारण राज्यको ढुकुटीबाट केही पनि खर्च गर्नु भएन । साथै कतारमा भएको संयुक्त राष्ट्र संघीय सम्मेलनमा जाँदा ८७ हजार राज्य बाट प्राप्त रकम मध्ये १० हजार मात्र (टेलिफोन र ड्राइभरलाई टिप्स) खर्च गरी बाँकी रकम राज्यलाइ नै फिर्ता गर्नु भएको थियो

Read Full Discussion Thread for this article