Posted by: BudoBaaje January 23, 2009
के हो कसो हो कुरो बुझी राखम् है
Login in to Rate this Post:     0       ?        
लौ हेर ! नकच्चरा नाती हरु को सल्लाहा ! कुरो भनेको कहिले काही त आँफै मिलाएर बुझेको राम्रो नि ! खानु छ आफ्नो कत्ती अरुलाई सम्झाइ रहनु ! अब बुडो भये पनि लाज त लाग्छ नि अली अली । तर मुखै नफोरी भुरा हरु ले कुरो बुझेनन । गाला चाउरी परे पनि सर सामन चै  तग्डै भकोले गर्दा मेरी भाग्यवान दुई  जिउ कि छे  के । भन्न लाई नि लाज मर्दो । अब अढै  खुट्टे पाडो निस्कने बेला भकी मेरी थाला परेकी बि बि सि लाई कसरी घर बाहिर पठम् । लोक लाज को पनि त डर् हुन्छ नि ।ससुरा साथी ले  उता गाम मा त्यसै त मेरी  मुना जस्ती कल्कलाउदि छोरी  थोते बुडा सँग परि भनेर त्यसै देखी सक्दैनन । झन बेथा लगेको बेला काम मा पठाको थाहा पाये भने त साली भिसा मा यतै ल्याएर बुडी बनाउने सोचेकी मख्मली लाई यो मात्तेको भेना सँग  किन पठाउथे र बुडा ले ?
कुरो चै एस्सो आँफैले मिलाएर बुझेर गतिलो सल्लाहा देउ न बा ।
लौ लौ राम्रो सल्लाहा दिने लाई एउटो  इनाम् पनि दिउला । अम्रिका मा समुन्द्र को कीनारा मा हिंड्न पर्छ रे  भनेर यता आउने बेला मा ससुरा साथी  ले देको एउटो ली को प्यान्ट छ । त्यस्को च्यान ले माल सामन चेप्ला भनेर नलगाई राख्या छ त्यही दिउला है । खाली गिल्ला मात्र गर्छन् मोरा हरु । काम चै गरन अनी पाउला च्यान  भाको लि को प्यान्ट है ।
Read Full Discussion Thread for this article