Posted by: Rahuldai January 23, 2009
Finally Chandani chowk Producer says sorry to Nepalese
Login in to Rate this Post:     0       ?        

स्नान गृह कफी ज्यू ले असली बात गर्नु भयो। काम धाम केही छैन र यस्तो हाल भएको नि। अनी सिनेमा को कुरा, नौटंकी ले बोलेको कुरामा तोडफोड ।
देशी भूमी मा बिदेश सुरक्षाकर्मी राख्ने क्रान्तिकारी निर्णय को बिरुद्ध सोच्ने अनी घोच्ने फुर्सद छैन, सिनेमा मात्र हेर्ने अनी हल जलाउने? यी जंगली लाई कस्ले चलाऊने ?


बुद्ध जहाँ जन्मे को भए नि बौद्ध मार्गी को हृदय भित्र छ। इन्डिया जन्मेको भए बुद्ध खराब हुने थिएन। कसैले बुद्ध लाई बिहारी भन्ला, लौ बिहारी भन्यो भनेर अर्को आन्दोलन सुरु गर्ला। बुद्ध बिहार मा नबसे सिंह दरबार मा  बस्छन त ? बिहार मा बस्ने बिहारी ।


आस्था को कुरा हो, जन्मेको, भनेको कुरा मा तुक छैन। सगरमाथा आधा चाइना लाई बेच्दा हाम्रो छाती दुखेन। तिब्बतका बौद्ध मार्गी लाई छातीमा तातो तातो गोली हान्दा हाम्रो छाती पोलेन। लुम्बिनी मै जापानि भिच्छु सेरिंदा हाम्रो आङ्ग सिरिङ्ग भएन। हिन्दी सिनेमा मा भन्दा हाम्रो धरातल खुस्कियो?


अझ १५ हजार मान्छे मारेको ब्यक्ती ले बुद्ध जयन्ती समारोहमा प्रमुख अतिथी भै शान्ती र अहिंसा को सन्देश दिंदा हामी चुप चाप सुनेर यन्त्रबत ताली पिटिरहेका थियौं। बुद्ध को शान्ती र अहिंसा को सन्देश अब नयाँ नेपाल मा यस्तो पुनरलेखन भएको हो कि - अशान्ति र हिंसा । 


 

Read Full Discussion Thread for this article