Posted by: no_quiero January 23, 2009
Finally Chandani chowk Producer says sorry to Nepalese
Login in to Rate this Post:     0       ?        
La la Maaf gari diye talai. Akhir Hami pani Buddha kai santaan ho. Mafi magne lai maaf gari dinchau.



माफी मागे ´चाँदनी चोक टु चाइना´ का निर्माताले






 
काठमाडौं, माघ १० (दैनिकी)– नेपाल
सरकारले प्रतिबन्ध लगाएको भोलीपल्ट बलिउड फिल्म ´चाँदनी चोक टु चाइना´ का
निर्माताले नेपाली दर्शकसँग माफी मागेका छन्। ´गौतम बुद्ध भारतमा
जन्मिएका´ भन्ने गलत भनाइ फिल्ममा राखिएको विरोधमा नेपालमा विद्यार्थी र
चलचित्रकर्मीले विरोध गरेपछि बुधबार सरकारले देशभर यो फिल्मको प्रदर्शनमा
प्रतिबन्ध लगाएको थियो। विहिबार यो फिल्मका निर्माता रोहन सिप्पीले
´गल्ती´ ले फिल्ममा यस्तो संवाद पर्न गएको बताएका छन्।



´गलत तथ्य पेश गर्ने वा कसैको पनि भावनामा ठेस पुर्‍याउने हाम्रो उद्देश्य
होइन, यो गल्तीका प्रति म माफी माग्दछु´ उनले भनेका छन्। बलिउड
फिल्मसम्बन्धी वेबसाइट इन्डियाएफएमका अनुसार  ´हाम्रो गल्तीका कारण
नेपालका दर्शकको भावनामा पर्न गएको आहतका लागि क्षमायाचना गर्दछु´
सिप्पीले भनेका छन्। सिप्पी र हलिउडको वार्नर व्रदर्शको लगानीमा बनेको यो
फिल्म गएको शुक्रबारदेखि प्रदर्शनमा आएको थियो।

Read Full Discussion Thread for this article