Posted by: BudoBaaje January 22, 2009
के हो कसो हो कुरो बुझी राखम् है
Login in to Rate this Post:     0       ?        
गाई को पुछर समातेर बैतर्नी गर्ने  बेला भकी मेरी बि बि सि ( बुढी बुढी  तर एकदम च्वाँक ) लाई जसै तसै हवाइजहाज् मा घिस्याएर भए   पनि गाई खाने देश मा त ल्याइयो । मेरी बि बि सि पनि त्यत्ती सजिलै हवाइजहाज् मा उल्टी गर्दै त किन आउथ्यी र ? अम्रिकाने हरियो पत्ती ले नहिर्काउन्जेल त टस् का मस  नै भा'थिन  । अम्रिकाने ढिडो भन्दै हट् डग् खुवएर राख्या छु । समस्या भनेको गणित को हो । नेपाल मै बुदो भाको यो हाड जत्ती घोटे पनि दुई कन्ती भात खाने मेरी बि बि सि लाई पाल्न गाह्रो भो । नेपाल मै छाडेर आउ   भने पनि बबन सिंह को आँखा लाग्ला भन्ने पिर । अब गर्नु पो के ?
ग्यास स्टेसन मा काम लगाउ काले ले शूट् प्राक्टिस गर्ला भन्ने पिर । यसो मल तिर लगाउ भने काले ले जमैकन भनेर फकाउला भन्ने पिर ।बच्चा हेर्ने काम लगाउ उसैलाई कस्ले हेरोस् ?  
बिउटी पार्लर् मा त के गर्थ्यी र ? आफ्नै गुन्यु कत्ती फुस्केको छ उस्लाई थाहा हुन्न । फेरी कतै काम नलगाए भैंसी पाल्न पनि गाह्रो हुन्छ । भैंसी नपालु दुध किनेर खानु पर्ने हुन्छ फेरी ।
अनी एस्सो ठंडा  दिमाग ले बिचार  गर्द घर मै बसेर गर्ने काम भेटे जस्तो सुकै काम पनि   मेरी बि बि सि ले घर मा मकै गोडे जस्तो , ढिकि कुटे जस्तो सजिलै निखन्थ्यी । अली अली पदेकी पनि छ मोरी ले । अम्रिका मै सानै मा मास्टर  गर्या भन्छे।  
अब त्यो घर मै बसेर एस्सो अली अली डलर् कमाउने कतै बाटो छ कि ?
कसै लाई त्यस्तो जानकारी भए मलाई सुइको देउन बा । बुढी पाल्न साह्रै गाह्रो भो       
Read Full Discussion Thread for this article