विद्वान महोदयहरु ,
गिरिजाले गरेको निर्णय भनेर पन्छिन कामरेड हिसिला लाई मिल्छ? त्यो निर्णय गर्दा क्याबिनेटमा हिसिला लगायतका क्रान्तिकारीहरु थिए कि थिएनन? थिए भने किन चुप थिए ? जनता को अगाडि ठुला ठुला राष्ट्रियता को कुरा गर्ने ले यस्तो कदम को त्वम् शरणम गर्न को अर्थ के हो? त्यती बेला क्रान्तिकारीता कहाँ भाग्यो?
लौ त्यो भन्दा अघी धेरै अघी नै भाको निर्णय हो रे। १९५० को सन्धि खारेज गर्नु पर्ने लगायत ४० बुंदे माग सहित् २०५२ मा जंगल पस्या हैनन ती जंगली हरु? १९५० को सन्धि मा अनिगिन्ती अन्याय भएको मान्ने कामरेडहरुको लागि स्वदेशी भूमिमा बिदेशी सुरक्षा कर्मी राख्ने काम राष्ट्रको पक्ष मा कसरी भयो?
गिरिजा ले नियुक्ती गरेको राजादूतलाई फिर्ता बोलाउने, न्याय परिषद को सदस्य को रजिनामा माग्ने हिम्मत गर्ने कामरेडले गिरिजा को गलत निर्णय को भन्डाफोर गरी निर्णय सच्याउन सक्दैनन?
अनी कुरा रह्यो, रेसिप्रोकल आग्रिमेण्ट भन्ने डाक्टर कामरेड को कुरा। के कुकुर ले टोकेर रेबिज भयो भन्दै मा कुकुर लाई टोक्न जान मिल्छ?
मूल कुरा कामरेड करमभङ्ग को माइ बाप दिल्ली बस्छन र, जस्तो सुकै राष्ट्रघाती कदम पनि चाल्न पनि तयार हुन्छन। जनता लाई त बेब्कूफ बनाए बनाए, महान क्रान्तिको दिवा स्वप्न देखेका कार्यकर्ता कामरेड हरुलाई पनि उल्लु बनाइ रहेका छन। बिचरा उल्लु हरु, अरु लाई पनि उल्लु नै सम्झी नाना थरिको सिङ्ग न पुच्छर को तर्कना गरेर क्रम भङ्ग हुन बाट जोगिन खोज्दै छन। बिचरा कामरेड हरु।