Posted by: Rahuldai January 20, 2009
where is buddha birth place?
Login in to Rate this Post:     0       ?        

बुद्ध नेपाल मा पनि जन्मेको होइन भारत मा पनि। बुद्ध लुम्बिनिमा जन्मेको को। त्यती बेला लुम्बिनी छुट्टै गणराज्य थियो। लुम्बिनी भन्ने स्थान नेपाल देश भित्र पर्दछ। त्यसमा भारतीय हरुले भारत मा पर्छ भन्नु सरासर गलत हो।


भारत बर्ष भन्नाले भारतीय उपमहाद्विप भन्ने बुझिन्छ। भारतीय उपमहाद्विपमा अहिलेको भारत देखी पूर्वमा बर्मा र पश्चिममा अफगनिस्तान सम्म पर्दछ। त्यही उपमहाद्विप को एउटा गणराज्य कपिलवस्तु राज्य को लुम्बिनी मा जन्मेको हो।
त्यसैले मैले त्यो फिलिम हेरेको छैन, यदी त्यसमा भारतमा जन्मेको भनेको छ भने गलत हो, बिरोध गर्नै पर्छ तर भारत बर्षमा जन्मेको हो भनेको छ भने सत्य तथ्य अनुसार ठीक हो। लुम्बिनी नेपाल भित्र परेकोमा गर्ब छ नै। बुद्ध जन्मेको भूमी नेपालमा छ भन्नु र बुद्ध नेपाल मा जन्मेको भन्नु एउटै होइन।

Read Full Discussion Thread for this article