Posted by: Maylumaya January 16, 2009
भारत ले नेपाल को सीमा अतिक्रमण फेरी अर्को गर्‍यो
Login in to Rate this Post:     0       ?        
दुवै देशद्वारा निगरानी गरिने सीमा अतिक्रमणको विरोध:-


कान्तिपुर संवाददाता

इलाम, पुस २७ - सीमा अतिक्रमण विरोधमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको लिम्बूवान भोलेन्टियर्सले आइतबार पशुपतिनगरमा प्रदर्शन गरेको छ । करिब तीन सयको संख्यामा रहेको समूहले मार्चपाससहित अतिक्रमण विरोधमा नाराजुलुस गरेको थियो ।
जुलुसपछि फाटकमा आयोजित कोणसभामा बोल्दै भोलेयन्टियर्सका कार्यबाहक संयोजक फक्तालुङ योङहाङ र केन्द्रीय सदस्य थाम्सहाङ लावतीले अतिक्रमित भूमि फिर्ता नभए जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिए ।

श्रीअन्तु-८, गुफापातल र पशुपतिनगर, पुलखोलामा सीमा अतिक्रमणको समाचार सार्वजनिक भएपछि राजनीतिक दल, विद्यार्थी संगठनलगायतले कडा विरोध जनाउँदै तत्काल अतिक्रमति क्ष्ाेत्र खाली नगरे कडा कदम चाल्ने चेतावनी दिएका छन् ।

एमालेको प्रजातान्त्रिक राष्ट्रिय युवा संघले प्रेस विज्ञप्ति जारी गर्दै सीमा अतिक्रमणको निन्दा गरेको छ । जिल्ला संयोजक जितबहादुर राई र सचिव सन्तकुमार तामाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भारतको हस्तक्षेपकारी नीतिको विरोध गरिएको छ ।

सीमा अतिक्रमणप्रति अनेरास्ववियु जिल्ला कमिटी इलामले ध्यानार्कषण भएको जनाएको छ । युनियनले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन� ��त्रीसमक�� �ष ज्ञापनपत्र पठाउँदै अतिक्रमण समस्याको दीर्घकालीन समाधान खोज्न आग्रह गरेको छ । जिल्ला सचिव नवराज शंकरद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा अतिक्रमणको पछिल्लो संस्करणविरुद्ध डटेर सामना गरिने जानकारी गराइएको छ ।

श्रीअन्तु-८, गुफापातल क्षेत्रमा भारतीय पक्षले नेपाली भूमि र दसगजा क्षेत्र मिचेर एसएसबी क्याम्प राख्न थालेपछि जिल्लास्थित सरकारी कार्यालयले पनि चासो देखाएका छन् ।

दुवै देशका स्थानीय अधिकारीले दिनहुँजसो यस क्षेत्रको निरीक्षण गरिरहेका छन् । स्थानीयस्तरका सरोकारवाला दुई देशकै सरकारी निकाय पनि आपसमा छलफल गर्ने पक्षमा छन् । 'भारतीय पक्षको वन विभाग छलफल गर्न इच्छुक देखिएकोे छ,' पशुपतिनरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज मल्लले भने, 'सोमबारलाई उनीहरूले नेपाली पक्षलाई बोलाएका छन् ।'

नेपाली पक्षबाट सुरक्षा निकाय, प्रशासानिक फाँट, वन कार्यालय, नापीलगायत सरकारी कार्यालयले त्यहाँ निगरानी बढाएका छन् । भारतीय पक्षबाट पनि वन विभाग र सुरक्षा निकायको टोलीले शुक्रबार त्यहाँको स्थलगत निरीक्षण गरेको थियो । जिल्लास्थित सरकारी निकाय पनि गुफापातल, पशुपतिनगरको पुलबजारलगायत सम्पूर्ण सीमा क्ष्ाेत्रमा देखिएको समस्या समाधन हुनुपर्नेमा लागिपरेको छ ।

'७२/५ के ४ नम्बरको पिल्लरले सीमा इंकित गरेअनुरूप एसएसबी क्याम्प नै दसगजा क्ष्ाेत्रमा पर्ने प्रस्ट भएकाले विज्ञको टोलीले तत्काल सीमा निर्धारण गर्नुपर्छ,' वन कार्यालयका हरिनारायण चौधरीले भने ।

गुफा पातलमा ११ रोपनीभन्दा धेरै जमिन मिचिएको नापी शाखा इलामले प्रारम्भिक निष्कर्ष निकालेको छ । सो स्थानमा भारतले हाल रहेको अस्थायी क्याम्पलाई स्थायी बनाउन खुट्टीसमेत गाडेको छ । त्यस क्ष्ाेत्र आसपास पहिले भारतले वृक्षरोपण गर्दा स्थानीयले उखेलेर फालेका थिए । 'त्यहाँ रहेका बिरुवाको संरक्षण हाल भारत पक्षबाट भइरहेको छ,' पशुपतिनगरका बासिन्दा मिलन क्षेत्रीले भने, 'क्याम्प रहेनजिकैबाट भारतले सुरुमा बाटो बनाए पनि पछि नेपाली भूभाग भनेर रोकेको थियो ।'
Read Full Discussion Thread for this article