Posted by: sajhabusaima January 16, 2009
'मैले कसको के बिगारेकी थिएँ " पत्रकार उमा सिहं को हत्या केल्याउदा
Login in to Rate this Post:     0       ?        


'मैले कसको के बिगारेकी थिएँ ?'





मनिका झा


जनकपुर,
माघ २ - 'काललाई कसैले छेक्दैन, मार्ने मान्छे घर पसेर मारिदिन्छ,' यसै
भन्थिन् उमा दिदी मलाई भेटेको बेला । त्यस्तै भयो यी निर्भीक पत्रकारको
जीवनमा ।

मैले
उनको अनुहारमा आफूले बोलेका कुराप्रति कहिल्यै अफसोच भाव देखिनँ । महिलाका
सवाल उठ्नासाथ सबभन्दा अगाडि आएर बोल्ने बानीले मलाई सदैव उनी जस्तै बनौं
भन्ने प्रेरणा दिन्थ्यो ।

अरू
बेलाझैं पुस २७ गते दिउँसो पनि उनले मलाई फोन गरेकी थिइन् । सन्दर्भ थियो,
पत्रकार महिलाहरूका लागि हामीले खोल्न लागेको संस्था । त्यसको विधान
लेख्नेबारे कुराकानी भयो । तर मलाई थाहा थिएन, उमा दिदीसँग मेरो त्यही
कुराकानी अन्तिम हुनेछ ।

साँझ
केही अज्ञात व्यक्तिहरूले डेरामा गई धारिलो हतियार प्रयोग गरेर उनको
बीभत्स हत्या गरे । आततायीहरूलाई सजिलो पारेको थियो 'लोडसेडिङ' ले । उमाले
खाना बनाइरहेका बेला कालो मफलरले मुख छोपेका व्यक्तिहरू कोठामा पसेका थिए
। उनीहरूले उमालाई निर्ममतापूर्वक छिया-छिया पारेर काटे र घाइते बनाई
छाडेर हिँडे । घटनापछि छरछिमेकका केही मान्छेले उनलाई उठाएर अस्पताल
पुर्‍याए ।

साँझ
साढे ७ बजे यो अनपेक्ष्ाित खबर सुन्नासाथ म अस्पताल पुगेँ । त्यहाँ उमा
दिदी अचेत अवस्थामा थिइन् । उनको अवस्था देखेर एकछिन् त म स्तब्ध नै भएँ,
कसरी एउटा मान्छेलाई कसैले यति निर्ममतापूर्वक काट्न सक्छ ? उनलाई जसले
त्यसरी घाइते बनायो, सायद ऊ मान्छे होइन, हामीले सुन्ने गरेको राक्षस
त्यही होला ।

मैले
काखमा राखेर सोधेँ, 'उमा दिदी कसले गर्‍यो यस्तो ?' काँप्दै गरेका उनका
ओठले यतिमात्र भन्न सके, 'मैले कसको के बिगारेकी थिएँ र मसँग यस्तो

भयो मनिका ?'

उमा
दिदीको अन्तिम वाक्य यही थियो । थप उपचारका लागि राजधानी लैजाँदै गर्दा
बाटैमा मृत्यु भयो । यता म एक्लै बौलाहीजस्तो घर पुगेँ । एकैछिनमा यहाँ
पनि कोही आयो । अन्धकार थियो । समूहमै रहेछन् । उनीहरूले म सुत्ने कोठाको
झ्याल तोडे र भने, 'अब तेरो

पालो
।' एकछिन् त म झस्किएँ । तर नबोली प्रहरीलाई मोबाइलबाट एसएमएस गरेँ । केही
क्षणमै प्रहरी भ्यान आएपछि अपराधी ढोकामा क्रसचिह्न बनाएर भागेछन्
। उमा
दिदीको हत्याको अनुसन्धान जसरी हुनुपथ्र्यो, त्यसरी नभएजस्तो लाग्छ ।
पत्रकार टोली, अनुसन्धान टोली जनकपुर आएर फोटो खिचेर, समवेदना प्रकट
गरेरमात्र फर्किए । कतिपयले लासमाथि राजनीति गर्न पनि खोजे । राज्यले
घटनाको गहन अनुसन्धान गर्नुपर्छ ।

महिला,
त्यो पनि तराईमा बसेर पत्रकारिता गर्नु नै मृत्युको एउटा कारण बनेको हो
उमाको । महिला भएकै कारण उनलाई पुरुषवादी समाजका केही व्यक्तिले पचाउन
सकेका थिएनन् । आफूमाथि भएका दुव्र्यवहार र नकारात्मक टिप्पणीको प्रतिवाद
गर्दा उमा दिदी र मैले पहिलैदेखि धम्की र चेतावनी पाउँदै आएका थियौं ।
एकपटक कसैले फोनमा धम्क्याएको थियो, 'बढ्ता लेख्न जान्ने भएकी । तिमीहरूको
पत्रकारिता सत्रकारिता सब म निकालिदिन्छु ।' मैले यस विषयमा कुरा गर्दा
उमा दिदीले भनेकी थिइन्, 'तिमी आफ्नो काम गर, बौलाहा कुकुरहरू यसरी नै
भुकिरहन्छन् ।'

तर
तिनै बौलाहा कुकुरले टोकेर उनलाई समाप्त पारे । उमा दिदी र मलाई
धम्क्याउने 'बौलाहा' हरू अहिले पनि टाढा छैनन् । तर निस्पि|mकी घुमिरहेका
उनीहरूलाई किन हो प्रशासनले चाहिँ देख्न सकिरहेको छैन । (Source kantipur)

***********************************************************

सिंहप्रति
श्रद्धाञ्जलि अर्पण गर्न बिहीबार जनकपुर पुगेका सञ्चारमन्त्री कृष्णबहादुर
महरासँग दर्जनौं पत्रकार र नागरिक समाजका प्रतिनिधिले हत्यामा माओवादी
संलग्नता रहेको हो भनी ठाडै प्रश्न गरेका थिए । माओवादीले दुई वर्षअघि
उमाका बुवा र दाजुलाई अपहरण गरेर बेपत्ता पारेका थिए ।

सिरहा
घुर्मी खोलाछेउको ३ बिघा जग्गा केही स्थानीय जमिन्दारले सुकुम्बासी भनेर
लालपुर्जा बनाएको विरोधमा उमाका बुवा रन्जितले जिल्ला अदालतमा मुद्दा
हालेका थिए । तारिख लिन पुग्दा विपक्षीहरूले अदालत परिसरमै सिंहलाई कुटपिट
गरेका थिए । सिंहले उनीहरूमाथि पनि कुटपिट मुद्दा चलाएका थिए ।

विपक्षीले
दबाब दिएर मुद्दा फिर्ता लिन भनिरहेको त्यसबेला सिंहले कान्तिपुरलाई
बताएका थिए । मुद्दा फिर्ता लिन दबाब दिँदै आएको र फिर्ता लिए पाँच लाख
रुपैयाँ दिने समेत बताइएको सिंहले उल्लेख गरेका थिए । त्यही क्रममा ०६३
भदौ १५ मा रन्जित सिंह र उनका एकमात्र छोरा सञ्जयलाई माओवादी कार्यकर्ताले
अपहरण गरेका थिए । त्यसपछि उनीहरूको कुनै पत्तो छैन ।

त्यतिबेला
सिरहाबाट प्रकाशित हुने दृष्टिकोण साप्ताहिकबाट पत्रकारिता थालेकी उमाले
बुवा र दाजुका अपहरणकारीलाई कारबाही गर्न प्रहरी प्रशासन गम्भीर नभएको
गुनासो गर्ने गरेकी थिइन । अपहरणमा संलग्न स्थानीय माओवादी कार्यकर्ता
धनेश्वर साहलगायत १२ जनाको नाउमा किटानी जाहेरी गर्दासमेत प्रहरीले
उनीहरूलाई पक्राउ गरेको थिएन । दुई जनालाई पक्राउ गरे पनि गम्भीर
अनुसन्धान नगरी अपहरण मुद्दा चलाउने कानुन नभएको भन्दै छाडिएको थियो ।

जिल्ला
प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक यादवराज खनालले पत्रकार सिंहको
हत्या गम्भीर प्रकृतिको रहेको बताए । यसमा कुन पक्षको संलग्नता हो भन्ने
बुझ्न नसकिएको उनले स्वीकारे । अनुसन्धानका क्रममा बुधबार उनी सिरहा
पुगेका थिए ।

***********************************************************************


माथि को लेख ले राम्रो सँग देखाउछ हत्याराहरु अरु कोहि थिएनन त्यि केबल माओबादि का कार्यक्रता  थिय जब सम्म उनका बुबा र दाजु को अपहरण भयो। त्यिनिहरु अरु भुमिगत समुहलाइ सपोर्ट गर्छन वा अहिले सम्म पनि माओबादि लाइ सपोर्ट गर्छन जुन कुरा माओबादि पार्टि अनि बेस लेबल लाइ राम्रो सँग थाहा छ। चाहेका उनिरु ले राम्ररि कर्बाहि ग्रन सक्छन तर त्यो हुदैन , सरकारि ढुकुटि खालि गर्न तयार तर जग्गा फर्ता नदिने भन्ने भनाइ याँहा पनि देख्न सकिन्छ, कार्यक्रता लाइ कार्बाहि नगर्ने तर सहिद घोषणा गरेर सरकारि ढुकुटि खालि गर्ने । हामि ले देखि नै हाल्यौ नि हत्यारा ले कसरि पार्टि को केन्द्रिय समिति मा सिट इपायो पुर्सकार स्वरुप ।

अनि हाम्रो प्रसासन को त कुरा नै नगरु, ऊनिहरुले हत्यारा भनेर तोकेको मान्छे माओबादि को केन्द्रिय समिति मा पुग्दा सम्म मान्छे भटियन भनेर उत्तर दिन्छ भने के भन्ने हामिले। यो सरकार ले यस्तो कुरा लाइ प्रसय दिदै जाने हो भने हत्या गर्ने  हत्यारा हरु मा आत्मबल बढदै जाने छ भने  जनता हरु डर डरै का बिचमा बाँच्ने छन। आफुनै प्रधानमन्त्रि  तर  टुडिखेल  को बिचमा बसेर सरकार ढाल्ने प्रयास गरे हामि देश कब्जा गर्छौ  भन्दा हाम्रा देश का प्रधान्मन्त्रि लाइ लाज लाग्दैन अनि आफ्नो पार्टि ले कब्जा गरेको सम्पत्ति फिर्ता दिदैनौ तर सरकार ले त्यो बापत पैसा दिन्छ सरकारि ढुकुटि बाट जग्गा धनि लाइ भन्दा पार्टि का ठुला निति लाइ सर्रम लाग्नु पर्ने होइन र ?

तर याद गर, नेता हो जब आगो दन्किने  छ त्यस पछि  पार्टि को  नाम सुन्दा पनि मानिस ले घिर्णा गर्न थाल्नेछन, त्यस पछि तिम्रा त्यि जनता का रगत चुस्ने बानि नै तिम्रो लागि अभिषाप मानिने छ।





Read Full Discussion Thread for this article